काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । उक्त दिन छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिन ८८ हजार ८ सय रुपैयाँ कारोबार भएको सुन मूल्य आज भने बढेर ८९ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुनको मूल्य भने ८८ हजार ९५० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन ८८ हजार ३५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, साताको पाँचौ कारोबार दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ११ हजार ९० रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज पनि सोही मूल्य निर्धारण भएको महासंघले जनाएको छ ।
वि.सं.२०७८ साउन २८ बिहीवार १०:५७ मा प्रकाशित