back
NMB ad

मन्त्री शर्मालाई सांसदको प्रश्न : आर्थिक सर्वेक्षणमा आएका तथ्याङक किन स्वेतपत्रमा राखेको ?

Kumari bank ad

काठमाडौं । सांसद सांसद कोमल वलीले कोरोनाका कारण अर्थतन्त्र धरापमा पर्दा अघिल्लो सरकारले धेरै राहतको कार्यक्रम ल्याएको जानकारी गराउनुभयो । मन्त्री शर्माले आर्थिक सर्वेक्षणमा भएका कुरा पेश गरेको जानकारी गराउभयो । ‘अघिल्लो सरकारले गरेको नराम्रो काम भन्नुभयो, तर तपाईको योजना खै के त ? भन्दै प्रश्न गर्नुभयो ।

सांसद प्रकाश पन्तले आगामी दिनमा बजेट खोज्न रन्तपार्क, पुतलीसडकतिर खोज्न जान नपर्ने व्यवस्था गर्न आग्रह गर्नु भएको छ । राष्ट्रिय सभाको बैठकमा उहाँले यस्तो बताउनु भएको हो । उहाँले प्रतिनिधिसभा नहुँदा बजेट अध्यादेशबाट ल्याउनु भन्दा पनि राष्ट्रिय सभाबाट ल्याउने बाताबरण बनाउन आग्रह गर्नु भएको छ ।

बैठकमा अर्थमन्त्री जनार्दश शर्माले सरकारले ल्याएको स्वेतपत्र पेश गर्नु भएको छ । उक्त स्वेतपत्रमा प्रश्न गर्दै सांसद खिमलाल भट्टराईले सरकारले पुर्वाग्रहीको पुलिन्दा पोखेको धारणा राख्नुभयो । उहाँले वैदेशिक ऋण बिना सरकार अघि बढन सक्छ ? भन्दै प्रश्न गर्नु भएको छ । उहाँले मन्त्री शर्मालाई सरकारले नयाँ बजेट ल्याउन लागेको हो ? भन्दै प्रश्न गर्नुभएको छ ।

सांसद खिमलाल देवकोटाले ओली सरकारले शिलान्यास गरेको ५, १० र १५ शैयाको अस्पताल के हुन्छ ? त्यसको स्रोत सुनिश्चिता छ की छैन भन्दै प्रश्न गर्नु भएको छ ।

सांसद रामनारायण बिडारीले कृषिमा वैदेशिक लगानी अघिल्लो सरकारले गरेको स्मरण गराउँदै अब आत्मनिर्भर बन्ने लगानी ल्याउने विषयमा, खोप, भेन्टिलेटरको लागि बजेट कति रहेको भन्दै प्रश्न गर्नुभयो । सांसद भैरव सुन्दर अर्यालले सरकारले पूर्वाग्रही सोचले स्वेतपत्र ल्याएको बताउनुभयो ।

सांसद भगवती न्यौपानेले पुर्व सरकारले राम्रो केही पनि नगरेको हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले मन्त्रीले तीलको बोराबाट कोदो छानेको भन्दै आफै सहभागी भएको सरकारले केही गरेन भनेर कसरी भन्नु भएको ? भन्दै प्रश्न गर्नु भएको छ ।
सांसद बिमला राई पौडेलले भूकम्पदेखी कोरोनासम्म कुरा स्वेतपत्रमा रहेको भन्दै भारतले गरेको लकडाउनको कुरा किन छुटाएको भन्दै प्रश्न गर्नुभएको छ ।

 

वि.सं.२०७८ साउन २८ बिहीवार १३:०० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...