काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाली युवा उद्यमी मञ्च (एनवाईएफ) ले सात वटै प्रदेशमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा क्रममा दश वटै च्याप्टर सहित राष्ट्रिय युवा परिषदको सहयोग र सहभागिता थियो । उक्त कार्यक्रममा विभिन्न जिल्लाका ३४२ जनाले रक्तादन गरेका थिए ।
जसमध्ये काठमाडौं ८२, चितवन ५०, सुर्खेत ५१, पोखरा ७७, रुपन्देही ३० र विरगञ्ज ५२ जनाले रक्तदान गरेको एनवाइइएफका राष्ट्रिय कार्य समितिका अध्यक्ष उदीप श्रेष्ठ बताउनुभयो ।
वि.सं.२०७८ साउन २८ बिहीवार १८:४३ मा प्रकाशित