काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले दुई आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । एक सूचना निकाल्दै परियोजनाले आव २०७६/७७ र २०७७/७८ लाभांश घोषण गरेको जनाएको छ ।
परियोजना आव २०७६/७७ अवधिको मुनाफा(लाभांश आम्दानीको हिस्सा) बाट चुक्तापुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने र आव २०७७/७८ को मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर जारी गर्ने भएको हो ।
सार्थै उक्त बोनस सेयर कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव निर्णय भएको परियोजनाले जनाएको छ ।
वि.सं.२०७८ भदौ २ बुधवार ११:१५ मा प्रकाशित