back
NMB ad

कोरोना महामारीको समयमा पनि विकास बैंकको नाफा ६८. ७५ % ले बढ्यो, कुनको कति ?

Kumari bank ad

काठमाडौं । गत आर्थिक वर्षको वित्तीय अवस्था हेर्दा राष्ट्रिय स्तरका बैंकको नाफा उल्लेख्य देखिएको छ ।

गत आर्थिक वर्ष २०७७-७८ मा राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफा ६८.७५ प्रतिशतले बढेर ५ अर्ब ५९ करोड ८८ लाख ४६ हजार रुपैयाँ रहेको छ । सञ्चालनमा रहेका राष्ट्रिय स्तरका ८ वटा बैंकको नाफा अघिल्लो आवमा ३ अर्ब ३१ करोड ७८ लाख ३ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा कुनै पनि बैंकको नाफा ऋणात्मक बनेको छैन । सबै बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । कोरोना महामारीको समयमा अन्य क्षेत्रको सूचक खुम्चदा पनि विकास बैंकको नाफामा भने धेरै नै बढोत्तरी देखिएको छ ।

राष्ट्रिय स्तरका विकास बैंकहरुमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब १५ करोड ९ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ६२।७० प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा ७० करोड ७४ लाख ५ हजार रुपैयाँ रहेको थियो ।

रकममा कम भएपनि प्रतिशतका आधारमा हेर्दा कामना सेवा विकास बैंक रहेको छ । अघिल्लो आवको असार मसान्तको तुलनामा बैंकहरुको नाफा गत आवको सोही अवधिमा ४८४।९० प्रतिशतले नाफा बढेको छ । अघिल्लो आवमा ११ करोड ९७ लाख १९ हजार रुपैयाँ रहेकोमा गत आवको सोही अवधिमा ७० करोड २ लाख ४० हजार रुपैयाँ रहेको छ ।

यस्तै गत आवमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा २०.५६ प्रतिशतले बढेर ५१ करोड ४५ लाख २५ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ४२ करोड ६७ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, गरिमा विकास बैंकले ८२ करोड ५२ लाख ८८ हजार, ज्योति विकास बैंकले ७४ करोड १६ लाख ८० हजार, महालक्ष्मी विकास बैंकले ७३ करोड २९ लाख १६ हजार, लुम्बिनी विकास बैंकले ५१ करोड ६२ लाख ८८ हजार र सांग्रिला डेभलपमेन्ट बैंकले ४१ करोड ६९ लाख ३० हजार रुपैयाँ नाफा कमाएका छन् ।

यी बैंकको नाफा क्रमशः ४२.९६, ज्योती विकास बैंक ५१.८४, महालक्ष्मी विकास बैंक ७१.०१, लुम्बिनी विकास बैंक ३६.३८, सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ११८.१७ प्रतिशतले बढेको देखिएको छ ।

वि.सं.२०७८ भदौ २ बुधवार १२:१३ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...