काठमाडौं । साताको चौथो कारोबार दिन सुनको मूल्यमा बढोत्तरी आएको छ । बुधबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिन ९१ हजार रुपैयाँ कारोबार भएको सुनको मूल्य आज बढेर ९१ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले तेजावी सुनको मूल्य भने ९० हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ ।
यस्तै, उक्त दिन चाँदीको मूल्यमा गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १२ सय ५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १२ सय १० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
वि.सं.२०७८ भदौ २ बुधवार १२:३१ मा प्रकाशित