काठमाडौं । आज पनि जीवन विकास लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
साताको चौथो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२२ रुपैयाँ ८० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ३ हजार ५५१ रुपैयाँ पुगेको छ ।
उक्त दिन कम्पनीको १० लाख ३६ हजार रुपैयाँ बराबरको २९४ कित्ता सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ ।
वि.सं.२०७८ भदौ २ बुधवार १५:३५ मा प्रकाशित