back
NMB ad

साउनमा साढे ७३ करोड बढीको आलु र टमाटर आयात !

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो महिनामा साढे ७३ करोड बढीको आलु र टमाटर (गोलभेंडा) आयात भएको छ ।

भन्सार विभागका अनुसार साउन महिनामा ७३ करोड ६१ लाख ७२ हजार रुपैयाँको आलु र टमाटर आयात भएको छ । साउन महिनामा ७१ करोड ३८ लाख ६३ हजार रुपैयाँ बराबरको आलु आयात भएको छ । नेपालमा छिमेकी मुलुक भारत र बंगलादेशबाट आलु आयात हुने गरेको छ । कोरोना महामारीका कारण नेपालमा तारे होटल बन्द हुँदा, सभा सम्मेलन लगायतका धेरै मानिस जम्मा भएर हुने कार्यक्रम न्यून हुँदा पनि भारतीय आलु निकै नै आयात हुने गरेको छ ।

चालु आवको पहिलो महिनामा भारतबाट मात्रै ७१ करोड २७ लाख ८५ हजार रुपैयाँ बराबरको २८ हजार २० टन भन्दा बढी आलु आयात भएको हो । यता, बंगलादेशबाट भने १० लाख ७८ हजार रुपैयाँ बराबरको ६३ टन आलु नेपाल भित्रिएको हो । आलु आयातबाट सरकारले ६ करोड ४४ लाख ८१ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

यस्तै, साउन महिनामा २ करोड २३ लाख ९ हजार रुपैयाँ बराबरको टमाटर नेपाल भित्रिएको विभागले जनाएको छ । नेपालमा चालु आवको साउन महिनमा १ हजार ५१३ टन बढी भारतीय टमाटर आयात भएको हो । टमाटर आयातबाट सरकारले २० लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो समय नेपालमा पनि प्रयाप्त मात्रामा टमाटर उत्पादन हुने समय हो ।

नेपालमा उत्पादन हुने सामान पनि विदेशबाट आयातहुँदा करोडौ रुपैयाँ विदेशमा जाने गरेको छ । अहिले पनि नेपालमा नेपाली उत्पादनले बजार नपाउने र भारत लगायतका देशबाट नेपालमा नै उत्पादन हुने सामान आयात गरेर करोडौ रुपैयाँ विदेशिने गरेको छ ।

वि.सं.२०७८ भदौ १३ आइतवार १४:०८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...