काठमाडौं । उपत्यकामा कोरोना महामारीका कारण जारी निषेधाज्ञा निकै खुकुलो भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार भदौ १७ गते (भोली) देखि भदौ मसान्तसम्मका लागि जारी गरेको सूचना अनुसार अहिले निषेधाज्ञा निकै खुकुलो भएको छ ।
कार्यालयका अनुसार बिहीबारदेखि सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु संञ्चालनको निर्णय गर्न सक्नेभएको छ ।
स्वास्थ्य मापदण्डको पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा मात्रै मनाउन पाउने, व्यक्ति, समूह तथा संस्था लगायतका निकायहरुबाट आर्थिक, सामाजिक तथा व्यवसायिक गतिविधिहरु संचालन गर्न सरकारले तोकेको मापदण्ड पालना गरेर गर्न सकिने छ ।
कोरोना महामारीबाट बच्नको लागि सरकारले तोकेको मापदण्ड पुरा गर्न पनि भनिएको छ ।
वि.सं.२०७८ भदौ १६ बुधवार १६:३९ मा प्रकाशित