back
NMB ad

विश्वका यी ५ मुलुकमा पुग्छ नेपाली मह: एक महिनामै साढे ७९ लाख बढीको निर्यात, कुन देशमा कति ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को साउन महिनामा ७९ लाख ७२ हजार रुपैयाँ बराबरको मह निर्यात भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो ।

विभागका अनुसार चालु आवको पहिलो महिनामा ११ हजार ७९३ केजी प्रशोधित प्राकृतिक मह निर्यात भएको छ । नेपालबाट छिमेकी मुलुक भारत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, कतार लगायतका मुलुकमा मह निर्यात हुने गरेको विभागले जनाएको छ ।

विभागका अनुसार सबैभन्दा बढी मह छिमेकी मुलुक भारतमा जाने गरेको छ । चालु आवको पहिलो महिनामा भारतमा ६९ लाख ३६ हजार रुपैयाँ बराबरको प्रशोधित प्राकृतिक मह निर्यात भएको हो । उक्त देशमा साउन महिनामा ११ हजार ११५ केजी मह नेपालबाट बाहिरिएको छ ।

यस्तै, अमेरिका ४ लाख ३४ हजार रुपैयाँ बराबरको ७७ केजी, अष्ट्रेलियामा ३ लाख ३३ हजार रुपैयाँ बराबरको ५६ केजी मह निर्यात भएको विभागले जनाएको छ ।

त्यसैगरि कतारमा १ लाख ५१ हजार रुपैयाँ ५१० केजी र क्यानडामा १ लाख १८ हजार रुपैयाँ बराबरको ३५ केजी प्रशोधित प्राकृतिक मह निर्यात भएको छ ।

मह हाम्रो शरीरको लागि बहुउपयोगी खाद्य वस्तु हो । महले मान्छेको स्मरण शक्ति तेज बनाउनुका साथै अनेक रोकको औषधीको रूपमा प्रयोग गर्न सकिन्छ ।

महलाई शक्तिप्रर्द्धक र रोग निरोधकको रूपमा प्रयोग गर्न सकिन्छ । बच्चाको वृद्धि विकासका लागि मह धेरै प्रभावकारी छ । अम्लपित्त, दम, रुघाखोकी, टन्सिल, आदिजस्ता विभिन्न समस्याका लागि मह उपयोगी हुन्छ ।

हाम्रो दैनिक जिवनामा आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमज जस्ता आवश्यक तत्त्व पाइन्छ त्यसेले पनि मह सेवन गर्नु आवश्यक मानिन्छ ।

वि.सं.२०७८ भदौ १७ बिहीवार १३:३८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...