back
NMB ad

राष्ट्र बैंकको त्यो निर्देशन, जसले गभर्नर अधिकारीको राजीनामा माग्नेसम्म बनायो

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति पछि जारी गरेको एकीकृत निर्देशन २०७७ ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्ने बाध्यता सृजना गरेको छ ।

नेपाल राष्ट्र बैंकले भदौ ५ गते ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७७ मा संशोधन तथा परिमार्जन गर्दै गरेको व्यवस्थाका कारण अहिले गभर्नर कै राजीनामा माग्ने, राष्ट्र बैंक घेराउ गर्ने, माग पुरा नभएको खण्डमा रिले हुँदै आमरण अनसन गर्नेसम्मका परिस्थिती बनेको छ ।

भदौ ५ गते राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकामा ‘मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड कायम गरिएको छ । यो निर्देशन जारी हुनु पूर्व (२०७८ भदौ ८ गते) कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा आगामी एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधि भित्र नियमित गरिसक्नु पर्नेछ ।’ भन्ने व्यवस्था रहेको छ ।

जसले गर्दा बजार घटेको भन्दै यतिबेला सेयर लगानीकर्ता आन्दोलित भएका हुन । उनीहरुले सोमबार विरोध र्याली गर्दै गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेका छन् । राष्ट्र बैंकले गरेको यो र यस्तै व्यवस्थाले बजारमा आइतबार नकारात्मक सर्किट लागेको भन्दै लगानीकर्ताले विभिन्न १८ बुँदे माग अघि सारेका छन् । राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा ४ र १२ करोड रुपैयाँको सीमा लगाएपछि लगानीकर्ता आक्रोशित भएका छन् । त्यसैले गर्दा बजारमा नकारात्मक असर परेको भन्दै यो व्यवस्था तत्काल हटाउन दबाब सुरु भएको छ ।

केन्द्रीय बैंकको यो कारण मात्रै होइन अन्य कारण पनि लगानीकर्ता आक्रोशित बनेका छन् । राष्ट्र बैंकल लघुवित्त कम्पनीले २० प्रतिशत भन्दा माथिको बोनस सेयर वितरण गर्दा ५० प्रतिशत रिजर्व राख्नुपर्ने अनुचित र अव्यवहारिक व्यवस्था गरेको भन्दै विरोधमा उत्रिएका हुन । लगानीकर्ताले यसलाई पनि तत्कालै खारेज गर्न माग गरेका छन् । यस्तै १ प्रतिशतबाट १.३ प्रतिशत हुने गरी बढाइएको असल कर्जासम्बन्धी व्यवस्थालाई तत्काल संशोधन गरी १ प्रतिशत नै कायम गर्न माग गरेका छन् ।

सेयर बजार बढेको समयमा राष्ट्र बैंक होस वा अन्य जुनसुकै निकायले जस्तो व्यवस्था गरेपनि लगानीकर्ताले धेरै ध्यान नदिने तर बजार घटेको समयमा भने आन्दोलन हुँदै रिलो, आमरण अनसनसम्म बस्ने यो नयाँ घटना भने होइन । अहिले लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धित्तोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा तोकिएको विद्यमान समयावधीलाई संशोधन गरी पुरानै व्यवस्था अनुसार १२० दिनको औसत मूल्य कायम गर्न भनेका छन् ।

राष्ट्र बैंकले हाल यसलाई १८० दिन कायम गरेको छ । सुरुमा रहेको १८० दिनलाई घटाएर १२० दिन बनाएपनि पुनः यसलाई १८० नै कायम गरिएको छ । त्यो बेला बजार बढेको समय परेको कारण धेरैले विरोध नगरेको भएपनि अहिले बजार घट्न थालेपछि विरोध सुरु भएको छ । पुनः १२० दिनमा नै झार्न दबाब सुरु भएको छ । एक लगानीकर्ताका अनुसार बजार घट्यो की आन्दोलन, विरोध र्याली गर्ने, रिले, आमरण अनसन बस्ने जस्ता कार्य गरेर बजार घट्नै हुन्न, सधै बढिरहनु पर्छ भन्नेको बोलवाला हुन थालेको छ ।

यसले कुनै पनि बेला सोझा लगानीकर्ता फस्ने सम्भावना नरहला भन्न नसकिने ति लगानीकर्ताको तर्क छ । बजारले नयाँ नयाँ गति लिइरहेको समयमा आउने स–साना घट्नाले पछिल्लो समयमा विभिन्न तरिकाले असर गर्ने भएपनि केही समूह बजार घट्नै हुँदैन भने जसरी लाग्दा समस्या सृजना हुन सक्ने ति लगानीकर्ताको तर्क छ ।

वि.सं.२०७८ भदौ २१ सोमवार १८:३६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...