काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले बुक क्लोजका लागि मिति तय गरेको छ । बैंकले हकप्रद सेयर निष्काशन प्रयोजनका लागि असोज १ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो ।
बुधवार एक सूचना निकाल्दै १०ः३ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको जनाएको छ । बैंकको संचालनक समितिको मंगलबार बसेको २६०औं बैठकको निर्णयअनुसार उक्त दिन बुक क्लोज गर्ने भएको हो ।
बैंकले हाल कायम चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ को ३० प्रतिशतका दरले साविकका सेयरधनीहरुलाई १०ः३ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
वि.सं.२०७८ भदौ २३ बुधवार १०:१८ मा प्रकाशित