back
NMB ad

साना तथा मझौला निकासीकर्ताले पाउनुपर्ने निर्यात अनुदान उपलब्ध गराउन माग

Kumari bank ad

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले साना तथा मझौला निकासीकर्ताले पाउनुपर्ने निर्यात अनुदान लामो समयदेखि नपाएकोले यथाशीघ्र भुक्तानी गर्न आग्रह गरेको छ ।

संघले अर्थसचिव मधुकुमार मरासिनीलाई यस्तो आग्रह गरेको हो । संघले सचिव मरासिनीलाई व्यावसायमैत्री वातावरण निर्माणका लागि गर्नुपर्ने सुधारसम्बन्धी सुझाव दिएको छ ।

संघका अध्यक्ष सुनिलकुमार वंशलले सुझाव सचिव मरासिनीलाई हस्तान्तरण गर्नुभएको छ । सुुझावमा आयकर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्क, भन्सार, आयात-निर्यात व्यापार क्षेत्रका समस्या र तिनका समाधानका उपाय समेटिएका छन् ।

भेटमा सन् २०२६ मा नेपाल विकासशील मुलुकमा स्तरोन्नति भएपछि अल्पविकसित मुलुकले पाउने सुविधाबाट वञ्चित हुने हुँदा विभिन्न मुलुकसँग द्विपक्षीय सम्झौता गरी निर्यातको लागि बजार सुनिश्चित गर्नुपर्ने, ट्रेडिङ हाउसलाई पनि पाँच वर्षका लागि एक्जिम कोड नवीकरण गर्ने सुविधा दिनुपर्ने लगायत सुझाव दिएको छ ।

उहाँले मिति सकिएका र ड्यामेज भएका वस्तु नष्ट गरको अनुगमन गरी प्रमाणित गर्ने निकाय हुनुपर्ने माग पनि अर्थसचिव मरासिनी समक्ष राख्नुभएको छ । त्यसैगरी, उन आयातमा रहेको सिन्डिकेट हटाउन पनि प्रतिनिधिमण्डलले माग गरेको छ ।

अर्थसचिव मरासिनीले संघको सुझाव ग्रहण गर्दै संघले उठाएका मुद्दाहरुलाई आफूले गम्भीर रुपमा लिने बताउनुभयो । उहाँले कोभिडका कारण आर्थिक गतिविधि प्रभावित नहोस् भनेर खोप खरिदलाई उच्च प्राथमिकता दिएको पनि सो अवसरमा जानकारी दिनुभयो ।

वि.सं.२०७८ भदौ २३ बुधवार १६:३८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...