काठमाडौं । ओरियन्टल होटेलको असोज १९ गते वार्षिक साधारणसभा गर्ने भएको छ ।
संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को तेस्रो बैठकको निर्णय बमोजिम कम्पनीको २४औं वार्षिक साधारणसभा उक्त दिन गर्ने भएको हो ।
सभामा आव २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल तथा पारित गर्ने छ । लेखा परीक्षको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको आव २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह र ईक्वीटीमा भएको परिवर्तन तथा वार्षिक प्रतिवेदन उपर छलफल तथा पारित गर्ने छ ।
वि.सं.२०७८ भदौ २४ बिहीवार १३:३६ मा प्रकाशित