back
NMB ad

नेपालीको रोजाईमा महिन्द्राको कार, बोलेरो र स्कार्पियो: कुनको कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । महिन्द्रा कम्पनीद्वारा उत्पादित विभिन्न मोडेलका सवारी नेपाली बजारमा बिक्री हुँदै आएको छ । कम्पनीले नेपाली बजारमा करिब ३० वर्ष अघिदेखि बिक्री वितरण गर्दै आएको छ ।

नेपालमा महिन्द्राका छुट्टाछुट्छै मूल्य पर्ने विभिन्न ७ मोडेलका कारहरु उपलब्ध छन् । जसको मूल्य न्युनतम ३९ लाखदेखि ८८ लाख रुपैयाँसम्म रहेको छ ।

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड प्रा.लि रहेको छ । अग्नि इन्कर्पोरेटेडको देशभर ४५ डीलर तथा शाखाहरु रहेका छन् ।

अग्नि इन्कर्पोरेटेड कम्पनी केबल सवारी बिक्री गर्न तर्फ मात्र केन्द्रित नभई ग्राहकमुखी सेवा चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्व सुलभतातर्फ विशेष ध्यान दिने गरेको बताएको छ ।

कम्पनीले सर्वसुलभ तरिकाले ग्राहकहरुलाई स्पेयरपार्टहरु उपलब्ध गराउँदै आएको र स्पेयरपार्टमा कुनै समस्या नभएको र यसको कारण सेवाग्राहीले समस्या भोग्न नपरेको कम्पनीको दाबी छ ।

महेन्द्राको कार, पिकअप र एसयूभीका विभिन्न मोडेलहरु नेपालमा उपलब्ध गराउँदै आएको छ । कम्पनीले सबै वर्गका मानिसका लागि उपयुक्त हुने खालका वहान उत्पादन गर्दै आएको छ ।

पछिल्लो समय महिन्द्राको विद्युतीय कार नेपालीको रोजाईमा निकै परेको छ । आज हामीले महिन्द्रा कम्पनीको कार, बोलेरो पिकअप तथा स्कार्पिओको नेपाली बजारमा पर्ने मूल्यका बारेमा जानकारी दिएका छौ ।

महिन्द्रा कार:

महिन्द्राले नेपाली बजारमा विभिन्न ७ मोटेडका कारहरु उपलब्ध गराउँदै आएको छ । जसमध्ये महिन्द्रा बोलेरो कार एक्सेल एनएसी २ डब्लुडी डीसी, (९एसटीआर) ३९ लाख २० हजार रुपैयाँ, महिन्द्रा थारको ४३ लाख १५ हजार रुपैयाँ मूल्य पर्दछ ।

यस्तै, महिन्द्रा टीयूभी ३०० को ३९ लाख ९५ हजार, महिन्द्रा स्कार्पियो ४९ लाख ९५ हजार रुपैयाँ, महिन्द्रा एक्सयूभी ५०० र ३०० को क्रमंशः ६३ लाख ५५ हजार र ४० लाख ६५ हजार रुपैयाँ, महिन्द्रा माराज्जो ५८ लाख २० हजार रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

महिन्द्रा बोलेरो पिकअप:

महिन्द्रा गाडीले बोलेरो पिकअप अन्तर्गत विभिन्न ६ मोडलहरुको छुटाछुट्टै मूल्य निर्धारण गरेको छ । जसमध्ये महिन्द्रा बोलेरो पिकअप म्याक्सी ट्रक ल्पस २ डब्ल्यूडी सिंगल क्याब (२५२३ सीसी) को १८ लाख ७५ हजार रुपैयाँ मूल्य तोकेको छ ।

यस्तै, बोलोरो पिकअप क्याम्पर एससी एक्सेल एबि २डब्ल्यू सिंगल क्याबको २१ लाख ९५ हजार, महिन्द्रा बोलेरो पिकअप २ डब्ल्यूडी पि/एस १.५ टी ठुलोमा सिंगल क्याबको २४ लाख ३० हजार, क्याम्पर एससी–४ डब्ल्यूडी सिंगल क्याब २३ लाख ३५ हजार, क्याप्र डीसी २डब्ल्यूडी पि/एस डबल क्याबको २६ लाख १५ हजार र क्याम्पर डीसी ४ डब्ल्यूडी पि÷एस डबल क्याबको २८ लाख ४० हजार रुपैयाँ तोकेको छ ।

महिन्द्रा स्कार्पियो पिकअप

महिन्द्रा गाडीको ४ मोडेलमा स्कार्पिओ पिकअप उपलब्ध रहेको छन् । स्कार्पिओ पिकअप डबल क्याब र २.२ लिटरका रहेका छन् ।

स्कार्पिओ पिकअपमा एस४ र एस ६ २डब्ल्यूडी डीसीको मूल्य क्रमशः ३६ लाख ९५ हजार र ३८ लाख ९५ हजार रुपैयाँ रहेको छ । यस्तै, एस–६ ४डब्ल्यूडी डीसीको ४२ लाख ५० हजार र एस–१० ४डब्ल्यूडी डीसीको ४६ लाख २० हजार रुपैयाँ निर्धारण गरेको छ ।

वि.सं.२०७८ भदौ २७ आइतवार १७:३१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...