काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाका सेयर मूल्यमा गिरावट आएको छ । मंगलबार कम्पनीको सेयर मूल्य १.३१ प्रतिशतले घटेको हो ।
साताको तेस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१ रुपैयाँले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य आज ४ हजार ५९१ रुपैयाँ कायम भएको छ ।
उक्त दिन कम्पनीको ४ करोड २९ लाख १९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ । नेप्सेका अनुसार ९ हजार ३२८ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ भदौ २९ मंगलवार १५:४७ मा प्रकाशित