काठमाडौं । मंगलबार यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा झिनो गिरावट आएको छ । उक्त दिन कम्पनीको सेयर मूल्य ०.७० प्रतिशतले घटेको हो ।
साताको तेस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ रुपैयाँले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य आज ७१३ रुपैयाँ कायम भएको छ ।
उक्त दिन कम्पनीको ९० लाख ८२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ । आज कम्पनीको १२ हजार ८३५ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ भदौ २९ मंगलवार १५:५७ मा प्रकाशित