back
NMB ad

गभर्नर अधिकारीको राजीनामा माग्दै सेयर लगानीकर्ताको आमरण अनसन सुरु

Kumari bank ad

काठमाडौं । सेयर लगानीकर्ताले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै आमरण अनसन सुरु गरेका छन् ।

पहिलो चरणमा भदौ २३ देखी २९ गतेसम्म दैनिक १ घन्टा माइतिघर मण्डलामा रिले अनसन बसेका लगानीकर्ताले आफ्नो माग पुरा नभएको भन्दै आज देखी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अगाडि आमरण अनसन सुरु गरेको त्यसको व्यवस्थापक दिपेन्द्र अग्रवालले बताउनुभयो ।

अग्रवालका अनुसार आजबाट लगानीकर्ता आदित्य शिवाकोटी आमरण अनसन बस्नु भएको हो । लगानीकर्ताले २३ गतेदेखी पुँजीबजार सुधार संघर्ष समितीको नाममा आन्दोलन गर्र्दै आएका थिए ।

यसअघि लगानीकर्ताले धितोपत्र बोर्डमा गएर छलफल गरेका थिए । बोर्ड लगानीकर्ताको मागमा सकारात्मक भएपनि अध्यक्ष नभएका कारण निष्कर्शमा पुग्न सकेको थिएन ।

त्यस्तै अर्थमन्त्रीलाई भेटेपनि लगानीकर्ताले राखेको गभर्नर राजीनामा लगायतमा माग पुरा हुन नसकेको हो । लगानीकर्ताले अनसन बस्ने भनेर धम्क्याउने र त्यसको लागि गभर्नरको राजीनामा हतियार बनाउने सोचका साथ गरेको आन्दोलन अहिले त्यही राजीनामा भन्ने शब्द नै गलपासो बन्ने चर्चा पनि सुरु भएको छ । संघर्ष समितिले यसअघि नै राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई भेटेर १८ बुँदे मागपत्र पेश गरेको छ ।

लगानीकर्ताले यसअघि राष्ट्र अगाडि नै आमरण अनसन बस्ने भनेर घोषणा गरेपनि अहिले नेप्से अगाडि टुकुचा खोलाको किनारमा अनसन सुरु गरेका हुन् ।

वि.सं.२०७८ भदौ ३१ बिहीवार १४:४२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...