काठमाडौं । साताको अन्तिम कारोबार दिन मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको छ । बिहीवार कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।
उक्त दिन कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ८१ रुपैयाँ ८० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ८ सय ९९ रुपैयाँ ९० पैसा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कम्पनीको ५१ हजार ६७० रुपैयाँ बराबरको कारोबार भएको छ । आज कम्पनीको ६० कित्ता सेयर किनबेच भएको हो ।
वि.सं.२०७८ भदौ ३१ बिहीवार १५:३९ मा प्रकाशित