back
Mega Long Ad

काठमाडौं किङ्गस् इलाभेनका मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्ट

काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौं किङ्गस् इलाभेन टिमको मुख्य प्रायोजन शिवम् सिमेन्ट लिमिटेडले गर्ने भएको छ ।

असोज ९ देखि २३ गतेसम्म किर्तिपुर स्थित टियु मैदानमा हुने बजाज पल्सर एभरेष्ट प्रिमियर लिगमा शिवम् सिमेन्ट स्ट्रेन्थ पार्टनरको रुपमा आबद्ध हुने भएको छ ।

कार्यक्रममा शिवम् सिमेन्ट र काठमाडौं किङ्स ११ को तर्फबाट टेली होल्डिङ्सबीच सम्झौता भएको हो । शिवम्ले काठमाडौं किङ्गस् इलाभेन टिमको मुख्य प्रायोजन तथा लिगको अवधिभर टेलिभिजन ब्रोडकाष्टको लागि स्ट्रेन्थ पार्टनरको रूपमा समेत आवद्ध हुने जनाएको छ । टियू खेल मैदानमा १५ दिनसम्म सञ्चालन हुने बजाज पल्सर एभरेष्ट प्रिमियम लिगमा ६ टिमहरु सहभागि हुनेछन् ।

बलर संदिप लामिछानेको कप्तानीमा उत्रिन लागेको काठमाडौँ किङ्गस् इलाभेन टिममा अन्तर्राष्ट्रिय अल राउण्डर क्रिकेटर साहिद अफ्रिदी र जनकप्रकाश आवद्ध छन् भने गुल्शन झा, सुवास खकुरेल र सिद्धान्त लोहनी सहित राष्ट्रियस्तरका स्टार खेलाडीहरू रहेका छन् ।

गुणस्तरीय उत्पादन मार्फत भरोसा जितेर सबैसँग अटुट सम्बन्ध स्थापित गर्न सफल शिवम् सिमेन्टको जस्तै गुणस्तरीय खेल मार्फत सबैको भरोसा जितेर काठमाडौँ किङ्गस् इलाभेनले सम्पूर्ण क्रिकेट प्रेमीहरूसँग एउटा आत्मीय सम्बन्ध स्थापित गर्न सफल हुन्छ भन्ने अपेक्षा गरिएको छ ।

आफ्नै चुन ढुङ्गा प्रयोग गरी अत्याधुनिक प्रविधि मार्फत तयार गरिएको देशकै पहिलो र एक मात्र एन एस अवार्ड प्रथमबाट सम्मानित सर्वोत्कृष्ट ओपिसि सिमेन्ट शिवम् सिमेन्ट ५३ ग्रेड र ४३ ग्रेडमा सर्वत्र उपलब्ध छ ।

 

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:०६ मा प्रकाशित

You can share this post!

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:२०

काठमाडौं । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा...

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:१९

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा संघीय सरकारले ८९...

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:११

काठमाडौं । चालु आर्थिक वर्ष दुई महिनाको अवधिमा कुल विदेशी...

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:०६

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता १...

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५८

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह ६.३...

सस्तियो नेपालीको भान्सा

सस्तियो नेपालीको भान्सा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५७

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा मुद्रास्फिीति घटेको...