back
NMB ad

यी हुन् संविधान दिवसमा सम्मान, पदवी पाउने उद्योगी व्यवसायी (नामावलीसहित)

Kumari bank ad

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा ९०३ जनालाई विभिन्न मानपदवी, अलंकार तथा विभूषणबाट सम्मान गर्ने भएको छ ।

गृहमन्त्रालयको सिफारिसमा राष्ट्रपतिले घोषणा गर्ने पदक तथा सम्मान पाउनेमा पूर्व प्रधानमन्त्री देखी विभिन्न क्षेत्रमा योगदान पुर्याएका नेपाली नागरिक रहेका छन् । जसमा उद्योगी, व्यवसायी, खेलाडी, कलाकार, कर्मचारी, सञ्चारकर्मी लगायत रहेका छन् ।

यो वर्ष नेपालरत्न पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रदास भट्टराईलाई प्रदान गरिने भएको छ भने राष्ट्र गौरव पदवी पूर्वप्रधानमन्त्री झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुवर्ण शमशेर राणालाई दिने भएको छ ।

विभिन्न क्षेत्रका व्यक्तिले संविधान दिवसको अवसरमा मान पदवी पाएका छन् । यो वर्ष पनि अघिल्ला वर्षजस्तै विभिन्न व्यवसायीले मान पदवी पाउने भएका छन् । संविधान दिवसको दिन राज्यबाट मान पदवी पाउनेमा बैंकर्स, उद्योगी, व्यवसायी रहेका छन् ।

यो वर्ष सुर्कीर्तिमय राष्ट्रदिप सम्मानबाट देवीप्रकाश भट्चन, कैलाश शिरोहिया, रामेश्वर थापा, उपेन्द्र महतो, सुरेन्द्रविर मालाकार र कैलाशचन्द्र गोयलले पाउने हुनु भएको छ । राष्ट्रपतिबाट सुप्रवल जनश्रेवाश्री पदक पाउनेमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, उद्योग परिसंघका अध्यक्ष बिष्णु अग्रवा, साहिल अग्रवाल, शिवरतन शारडा, राजेन्द्र खेतान रहेका छन् ।

प्रवल जनसेवाश्री पदकबाट व्यवसायी मोतिलाल दुगड, बिष्णुप्रसाद न्यौपाने, राजु ढकाल, सञ्जयकुमार खेतान, गोविन्द गोइन्का, उपेन्द्र पौडेल, रमेश शर्मा, अर्जुनमान सैँजु, नारायण अग्रवाल, मेगा बैंक की रविनादेशराज श्रेष्ठ, शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिप पाण्डे तथा सौरभ दुगड, शंकरलाल अग्रवाल, सुनिलबल्लव पन्त, कुज्ञ अग्रवाल, गोकुल भण्डारी, हुमनाथ कोइराला र इन्भेष्टर फोरमका पूर्व अध्यक्ष अम्बिकाप्रसाद पौडेल र नारायण अग्रवालले पाउने भएका छन् ।

जनसेवाश्री पदक सागर थापा, राधेश्याम हलुवाई, अम्बर बहादुर बानियाँ, यादव सिंह कार्की चुन्न प्रसाद पौडेल, नरिश्वर शर्मा, देव किसन मुन्दडा लगायतले पाउनुहुने भएको छ ।

वि.सं.२०७८ असोज ३ आइतवार ११:४१ मा प्रकाशित

You can share this post!

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...