back
NMB ad

कति पाउला त तेह्रथुम पावरको आईपीओले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज ? यस्तो छ संकेत

Kumari bank ad

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आईपीओ भदौ २५ गते बाँडफाँट सम्पन्न भयो । कम्पनीको आईपीओ ७४ हजार ४०० जना सर्वसाधारणले १० कित्ताका दरले पाएका थिए ।

आईपीओमा २३ लाख ५५ हजार ४४७ जनाले आवेदन दिएकोमा ८ हजार ८२० जनाको आवेदन रद्द हुँदा २३ लाख ४६ हजार ६२७ जना योग्य ठहरिएका थिए ।

कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म ८ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमा ४० हजार कित्ता म्युचुअल फन्डलाई र १६ हजार कित्ता कर्मचारीलाई छुट्याएर बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको थियो ।

यसैबीच कम्पनीको आईपीओ दोस्रो बजारको पहिलो कारोबारका लागि न्युनतम ८४ रुपैयाँ ७४ पैसादेखी २५४ रुपैयाँ २२ पैसासम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ ।

तेह्रथुम पावरको प्रतिसेयर नेटवर्थ ८४ रुपैयाँ ७४ पैसा रहेको छ । यसकै आधारमा नेप्सेबाट कम्पनीले उक्त रेञ्ज पाउनेदेखिएको हो ।

नेप्सले कुनैपनि कम्पनीको वास्तविक नेटवर्थको आधारमा पहिलो कारोबारका लागि आपनिङ रेञ्ज तोक्ने गर्दछ ।

वि.सं.२०७८ असोज ४ सोमवार १६:२६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...