काठमाडौं । सिन्धु विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
एक सूचना निकाल्दै बैंकका केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न लागेको जनाएको छ ।
उक्त संस्थापक सेयर खरिदका लागि बैंकका हाल कायम संस्थापक सेयरधनीहरुले आजैका मितिदेखि ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
उक्त सेयर खरिद गर्न इच्छुकले बैंकले तोके बमोजिमको आवश्यक कागजात, प्रमाणसहित बैंकको केन्द्रिय कर्पोरेट कार्यालयमा आफूले लिन चाहेको कित्ताको व्योहोरा खुलाई निवेदन दिन सकिनेछ ।
संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि तोकिएको समयमा आवेदन नआएमा प्रचलित कानून बमोजिम आवश्यक कारवाही अघि बढाईने बताइएको छ ।
वि.सं.२०७८ असोज ५ मंगलवार १२:२४ मा प्रकाशित