back
Mega Long Ad

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलन तथा कर्जाको माग निकै बढेको छ ।

अघिल्ला साताहरुमा बैंकमा कर्जाको माग बढने र निक्षेप संकलन कम हुने समस्या देखिएको थियो । गत साता भयो यो समस्या न्यून हुँदै गएको र बैंकको निक्षेप संकलन पनि बढेको देखिएको छ ।

बैंकर्स संघका अनुसार भदौ ३१ गतेसम्ममा ४१ खर्ब ७१ अर्ब निक्षेप संकलन भएको छ । एक साताको अवधिमा बैंकमा निक्षेप संकलन २६ अर्ब रुपैयाँले बढेको छ । भदौ २५ सम्म बैंकमा निक्षेप १६ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको थियो ।

यस्तै कर्जाको माग पनि एक साताको अवधिमा २८ अर्ब रुपैयाँले बढेको छ । भदौ ३१ गतेसम्म बैंकमा कर्जाको माग ३८ खर्ब ७२ अर्ब रुपैयाँ रहेको छ । भदौ २५ सम्म ३८ खर्ब ४४ अर्ब रुपैयाँ रहेको थियो ।

कोरोना महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञा खुकुलो खुकुलो भएसँगै बैंकमा कर्जाको माग निकै बढेको छ । तर अहिले भने निक्षेप पनि बढ्न थालेको देखिएको छ । असोज १ देखी बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरको कारण बैंकमा निक्षेप संकलन झनै बढ्दै जाने जानकारहरुको भनाई छ ।

वि.सं.२०७८ असोज ५ मंगलवार १७:३८ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...