काठमाडौं । तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, घलेम्दी हाइड्रो र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म मनकामना स्र्माट लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०८ रुपैयाँ ८० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य १ हजार १९७ रुपैयाँ ५० पैसा कायम भएको छ ।
घलेम्दी हाइड्रको सेयर मूल्य ८.९३ प्रतिशत र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ८.६५ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिकित्ता कुनको कति पुग्यो ?
वि.सं.२०७८ असोज ६ बुधवार १२:४७ मा प्रकाशित