काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । उक्त दिन नेपाली बजारमा छापावाला सुनको मूल्य ५ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ९० हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर ८९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य ८९ हजार १५० निर्धारण भएको छ । बुधवार भने ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, उक्त दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १ हजार १५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार १६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
वि.सं.२०७८ असोज ७ बिहीवार १०:५९ मा प्रकाशित