back
NMB ad

चाडपर्वमा गाडी बेच्न कम्पनीको अफरै अफर, कुन बैंकबाट सवारी कर्जा लिँदा कति पर्छ ब्याज ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । नेपाली हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वको अवसरमा गाडी कम्पनीहरुले निकै छुट अफर ल्याएका छन् ।

यसले नयाँ गाडी खरिद गर्न चाहनेहरुलाई धेरै नै आकर्षिक गर्ने गरेको छ । गाडी कम्पनीहरुले चाडवाडको समयमा नगद छुट, बीमाको सुविधा, पार्ट पुर्जामा सुविधा, सवारी करमा छुट लगायतका योजना धमाधम ल्याईरहेका छन् ।

यति बेला गाडी कम्पनीले धमाधम छुटको अफर ल्याउने र बैंकहरुले पनि सवारी साधान किन्नको लागि दिने कर्जाको स्किम ल्याएका छन् । बैंकहरुले असोज १ गतेदेखी लागू हुनेगरी सार्वजनिक गरेको नयाँ ब्याजदरमा अधिकांश बैंकले गाडी खरिदका लागि लिने लोनमा स्किम ल्याएका छन् ।

स्किममा ५ वर्ष भन्दा माथी १५ वर्षसम्मको लागि निश्चित ब्याजदरको रहेको छ । जसले गर्दा गाडी खरिद गर्नेलाई पनि स्किममा सहभागी हुँदा ऋण तिर्न ब्याजदर सस्तो पर्ने देखिएको छ । स्किममा सहभागी हुनेहरुलाई कतिपय बैंकले एकल अंकमा पनि कर्जा दिने सूचनामा उल्लेख छ । स्किममा सहभागी नहुनेहरुले भने बढी ब्याज तिर्नुपर्ने छ ।

गाडी किन्दा कुन बैंकबाट कतिमा पाइन्छ ब्याज ?

माछापुच्छे« बैंकहरुले असोज महिनाको लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले प्रकाशित गरेको ब्याजदरमा मोटरेज, अटो, व्यवसायीक अटो लोन लिँदा आधारदर (बेसरेट) मा ७ प्रतिशत प्रिमियम थपिने छ । साउन मसान्तसम्म बैंकको आधारदर ६.८० प्रतिशत रहेको छ । तर स्किममा सहभागी हुने हो भने अटो लिन लिँदा ५ वर्षको लागि ९.९९प्रतिशत, ५ देखी १० वर्षको लागि १०.९९ प्रतिशत निश्चित ब्याजमा कर्जा पाइने छ ।

कुमारी बैंकबाट अटो तथा भेहिकल लोन लिँदा ५ वर्षसम्मको लागि ९.९९ प्रतिशत, १० वर्षसम्मको लागि १०.९९ प्रतिशत र १० वर्षभन्दा माथिको लागि ११.४९ प्रतिशत ब्याज लाग्ने छ । यस्तै स्किममा सहभागी नहुने हो भने आधारदरमा ७ प्रतिशत प्रिमियम थपिने छ । भदौ मसान्तसम्म बैंकको आधारदर ८.०७ प्रतिशत रहेको छ ।

एसबीआई बैंकबाट अटो लोन लिँदा बेस रेटमा ५ प्रतिशत प्रिमिमय थपिने छ । साउनसम्मको बैंकको आधारदर ७.३७ प्रतिशत रहेको छ । बैंकबाट अटो लोन लिँदा १२.३७ प्रतिशत ब्याज लाग्ने छ ।

सनराइज बैंकले अटो लोनको लागि स्किम ल्याएको छ । बैंकबाट अटो लोन लिँदा कमर्सियल तर्फ ५ वर्षसम्मको लागि १३ प्रतिशत ५ देखी ८ वर्षको लागि १४ प्रतिशत ब्याज तोकेको छ । यस्तै व्यक्तिगत तर्फ ५ वर्ष सम्मको लागि १२.७५ र ५ देखी ८ वर्षको लागि १३ प्रतिशत ब्याज लाग्ने छ ।

एभरेष्ट बैंकले लोनको लागि स्किम ल्याएको छ । बैंकबाट भेहिकल लोन लिँदा ७ वर्ष सम्मको लागि १०.४९ प्रतिशत, १० वर्ष भन्दा माथिको लागि ११.४९ प्रतिशत ब्याज लाग्ने छ ।

सेन्चुरी बैंकबाट सवारी साधनको लागि ऋण लिँदा स्किममा पनि सहभागी हुन पाइने छ भने सहभागी नभएर पनि ऋण लिन सकिने छ । स्किममा सहभागी हुँदा व्यक्तिगत तर्फ ५ वर्षको लागि ११.९९ र ७ वर्षसम्मको लागि १२.२४ प्रतिशत ब्याज रहेको छ । स्किममा सहभागी नहुने हो भने आधारदरमा ५ वर्षको लागि ४ र ७ वर्षको लागि ४.५० प्रतिशत प्रिमियम जोडिने छ ।

व्यवसायिक प्रयोजनको लागि लोन लिँदा फिक्स तर्फ ५ वर्षको लागि १२.४९ र ७ वर्षको लागि १२.९९ प्रतिशत रहेको छ । फिक्स तर्फ नलिने हो भने ५ वर्षको लागि बेसरेटमा ४.५० र ७ वर्षको लागि ५ प्रतिशत थपिने छ ।

नेपाल बंगलादेश बैंकबाट मोटरेज लोन लिँदा आधार दरमा १ देखी ५ प्रतिशतसम्म प्रिमियम थपिने छ । स्किममा सहाभागी हुने हो भने ५ वर्षको लागि ९.९९ प्रतिशत र ५ वर्ष भन्दा माथीको लागि १०.९९ प्रतिशत ब्याज रहेको छ ।

यता एनएमबी बैंकबाट अटो लोन लिँदा आधारदरमा ५ प्रतिशत प्रिमियम थपिने छ । साउन मसान्तसम्म बैंकको आधारदर ६.८४ प्रतिशत रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकबाट गाडीको लागि कर्जा लिँदा आधार दरमा २ प्रतिशत प्रिमियम थपिने छ । विद्युतीय सवारी साधान किन्नेले आधार दरमा १.५० प्रतिशत प्रिमियम थपमा कर्जा पाउने छन् ।

बैंकले स्थिर व्याजदर पनि सार्वजनिक गरेको छ । जसमा बैंकबाट ७ वर्षको लागि गाडी किन्नु परेमा ९.५० प्रतिशत ब्याज लाग्ने छ । यस्तै विद्युतीय सवारी साधान खरिद गर्दा ८.५० प्रतिशत ब्याज लाग्ने छ । बैंकको असार मसान्तको आधार दर ५.४१ प्रतिशत रहेको छ ।

सिभिल बैंकबाट गाडी कर्जा लिँदा व्यक्तिगत तर्फ आधार दरमा ४ प्रतिशत र व्यवसायीक रुपमा गाडी किन्दा आधारदरमा ५ प्रतिशत अन्य खालका सवारी साधान किन्नु परेमा आधारदरमा ७ प्रतिशत प्रिमियथ थपिने छ ।

बैंकले समय नै तोकेर पनि ब्याजदर निर्धारण गरेको छ । ७ वर्षसम्मको लागि अटो लोन लिँदा आधारदरमा ३ प्रतिशत प्रिमियम थपिने जनाएको छ ।

यस्तै मोटरेज लोन तर्फ ५ वर्षसम्मको लागि आधार दरमा ३.५, १० वर्ष सम्मको लागि आधारदरमा ४, १५ वर्षसम्मको लागि ४.५० र १५ वर्ष भन्दा माथिको लागि आधारदरमा ५ प्रतिशत प्रिमियम थपिने छ । साउन महिनासम्मको बैंकको आधारदर ७.८९ प्रतिशत रहेको छ ।

प्रभु बैंकले अटो कर्जाको लागि ऋण लिनको लागि स्किम ल्याएको छ । बैंकबाट कर्जा लिँदा ५ वर्षको लागि १०.२४ प्रतिशत र ५ वर्ष भन्दा बढी अवधिको लागि कर्जा लिँदा ११.२४ प्रतिशत ब्याज लाग्ने छ ।

यस्तै कृषि विकास बैंकले पनि अटो कर्जा लिनको लागि स्किम ल्याएको छ । बैंकबाट अटो लोन लिँदा ९ प्रतिशत ब्याज लाग्ने छ । यो स्किममा सहभागी नहुने हो भने आधारदरमा ५ प्रतिशत प्रिमियम थपिने छ । बैंकको असार मसान्तको आधारदर ७.१३ प्रतिशत रहेको छ । यसर्थ कर्जा लिँदा १२.३ प्रतिशत ब्याज लाग्ने छ ।

यता एनसीसी बैंकबाट अटो लोन लिने हो र स्किममा सहभागी हुने हो भने ५ वर्ष सम्मको लागि १०.२५ प्रतिशत, १० वर्षसम्मको लागि १०.७५ प्रतिशत ब्याज पाइने छ । स्किममा सहाभागी नहुने हो भने आधार दरमा ४ प्रतिशत प्रिमियम थपिने छ । असार मसान्तसम्म बैंकको आधारदर ७.५७ प्रतिशत रहेको छ । बैंकबाट भेहिकल लोन लिँदा ११.५७ प्रतिशत ब्याज लाग्ने छ । अन्य बैंकहरुले पनि कर्जाको लागि विभिन्न स्किम ल्याएका छन् ।

कुन गाडीमा केछ दशैं अफर ?

डीएफएसके :

चाडवाडको समयमा गाडी कम्पनीहरुले पनि विभिन्न अफर ल्याएका छन् । जसमा डीएफएसकेले दशैं तिहार धमाका अफर ल्याएको छ । डीएफएसके नेपालको आधिकारिक बिक्रेता कुजु नेपाल प्रालिले गाडी खरिदमा विभिन्न अफर ल्याएको हो । चाडवाडको समयमा गाडी किन्दा २ लाख ५० हजार रुपैयाँसम्म नगद छुट दिएको योजना ल्याएको छ ।

यस्तै गाडी एक्सचेञ्जमा ५० हजार बोनस दिने, डीएफएसके ग्लोरी ५६० किन्न चाहने ग्राहकले १० लाख रुपैयाँ मात्र डाउन पेमेन्ट गर्दा पनि गाडी लिन सक्ने योजना रहेको छ । कम्पनीले ग्लोरी ५६० मा २ लाख ५० हजार नगद छुट दिनेछ । ग्लोरी ५६० मा कम्पनीले ५० हजार एक्सचेञ्ज बोनस, सहज फाइनान्सिङको अवसर र एक वर्षको वार्षिक सडक दस्तुर छुट दिने भएको छ ।

निसान मोर्टस :

निसान मोर्टसको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले दशै विशेष अफर ल्याएको छ । कम्पनीले ल्याएको उक्त अफर अन्तर्गत निसान किक्स कार खरिद गर्दा २ लाख ५० हजार रुपैयाँसम्मको नगद छुट पाइने छ । साथै एक वर्षको निःशुल्क बीमा, एक वर्ष अवधिको सडक दस्तुर कर छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस्तै, तीन वर्षे वारेन्टी तथा सोही अवधिसम्म निःशुल्क सर्भिसिङको सुविधा समेत प्रदान गरिने पायोनियर मोटो कर्पले जनाएको छ । यो अफर ३ लाख ५२ हजार बराबरको लाभ लिन सकिने कम्पनीले जनाएको छ ।

टाटा मोटर्स :

यता टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले दशैं तिहार विशेष अफर ल्याएको छ । कम्पनीले ‘यसपालीको दसैं तिहार टाटाको सेफेस्ट कार्स हर्षमय परिवार’ योजना ल्याएको छ । उक्त योजना अन्तर्गत टाटाका विभिन्न मोडेलका कारहरु खरिद गर्दा २ लाख ५० लाख रुपैयाँसम्म नगद छुटको व्यवस्था रहेको छ ।

यस्तै,एक्सचेञ्जमा बोनस, तीन वर्षसम्मको वारेन्टी तथा निःशुल्क सर्भिसिङ, एक वर्षको सडक दस्तुर कर छुट, कारमा प्रयोग गरिने जेन्यूइन एसेसरिज निःशुल्क प्रदान तथा नामसरी गर्दा शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।

कम्पनीले चाडपर्वको रमझमलाई थप प्रगाढ बनाउ हातै खाली नजाने अफर पनि ल्याएको छ । उक्त अफर अन्तर्गत हरेक टाटा योद्धा खरिद वा बुकिङ गर्दा छानी छानी उपहार पाउन सकिने जनाएको छ ।

टाटाको ट्रक, बस, टिपर, मिनि ट्रक, मिनि टिपर, विङ्गर, पिकअप, एस र म्याजिक जस्ता गाडीहरूको खरिदमा ग्राहकहरूले वासिङ्ग मेसिन, ल्यापटप, स्मार्ट टि.भी, स्मार्ट फोन, ट्यावलेट जस्ता आकर्षक उपहारसहित एक वर्षको निःशुल्क सर्भिस कुपन समेत पाउनेछन् । त्यसैगरी बुकिङ्ग गरेबापत पनि विभिन्न उपहारहरू प्राप्त हुनेछ ।

साथै हरेक हप्ताको लक्की ड्र वा बक्पर लक्की ड्र मार्फत पनि थप उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । उक्त योजना आउँदो असोज १४ गतेसम्म लागू हुने बताइएको छ ।
चाडबाडको समयमा हुन्डाईको गाडी किन्दा विभिन्न छुट पाउने सकिने भएको छ ।

हुन्डाई :

हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले चाडपर्व लक्षित विभिन्न अफर ल्याएको छ । कम्पनीले दशैं, तिहार, छठ वर्षको अवसरमा ‘हुन्डाई फेस्टीभ डिलाइट–२०७८’ सार्वजनिक गरेको छ । कम्पनीले विगतका वर्षहरुमा जस्तै नगद छुट, बम्पर उपहार लगायतका अन्य स्कीम पाउने अफर ल्याएको हो ।

यो योजनामा ३ लाख रुपैयाँसम्म नगद फिर्ता, अधिकतम एक लाख रुपैयाँसम्म अतिरिक्त छुट र १ बर्षसम्मको सडक दस्तुर र बीमा उपलब्ध गराउने भएको छ । यस्तै कम्पनीको बम्पर उपहारअन्तर्गत १ जनालाई हुन्डाईको आई २० कार पाईनेछ ।

जीडब्लूएम :

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने योजना ल्याएको छ । नेपालको लागी ग्रेट वाल मोटर्स (जीडब्लूएम) गाडिको आधिकारीक बिक्रेता भी.जी इम्पेक्सले दशैं, तिहार तथा छट पर्वको उपलक्ष्यमा ६ लाख रुपैयाँसम्मको अफर ल्याएको छ ।

यो अफर जीडब्लूएमका एसयूभी थर्ड जेनेरेशन हवल एच–६ र हवाल जोलिओनका साथै पिकअप पिओरमा उपलब्ध रहेको छ । कम्पनीले ल्याएको अफरमा आकर्षक नगद छुट, १ वर्षको निःशुल्क सडक कर, निःशुल्क पार्टपुर्जा, सहज फाइनान्सको सुविधा र १ वर्षको बीमा ग्यारेन्टी रहेको छ । हवल गाडीहरुमा ५ वर्षको र पिकअपमा ३ वर्षको वारेन्टी रहेको छ । एच–६ को मूल्य १ करोड ३ लाख ९९ हजार ९९९ रुपैयाँ रहेको छ । हवल जोलियनको मूल्य ५७ लाख ९९ हजार ९९९ रुपैयाँ रहेको छ । यो मोडेल चार वटा भेरियन्टमा आउने छ । पिक–अपको मूल्य ७० लाख ९९ हजार ९९९ रुपैयाँ रहेको छ ।

यस्तै चाडवाडको समयमा यामाहाको बाइक किन्दा १ लाख रुपैयाँ छुटदेखि १२ तोला सुन जित्ने मौका रहेको छ । यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशै तिहार लक्षित नयाँ अफर ल्याएको जनाएको छ । यामाहा कम्पनीले ‘रेस फर दि एस’ अफर ल्याएको हो ।

यामाहा मोटरसाइकल तथा स्कुटर :

यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याचमार्फत न्यूनतम ८ हजारदेखि १ लाख रुपैयाँसम्म स्योर सट छुट पाउनेछन् । कम्पनीको मोटरसाइकलको खरिद गर्दा १२ तोलासम्म सुन उपहार जित्न सकिनेछ । ‘रेस फर दि एस’ स्किम अन्तर्गत बम्परमा एकजना भाग्यशाली विजेताले १२ तोला सुन उपहार पाउने यामाहाले जनाएको छ ।

‘लक्की ड्र’ मार्फत हरेक हप्ता एकजना भाग्यशाली विजेताले ४ तोला सुनको एक्का तास उपहार स्वरुप पाउने कम्पनीले जनाएको छ । बम्परमा भने एकजना भाग्यशाली विजेताले ४ तोला तौल भएको तीनवटा एक्का तास अर्थात १२ तोला सुन उपहार पाउनेछन् । अन्य कम्पनीहरुले पनि यस्तै प्रकारका अफरहरु ल्याएका छन् ।

वि.सं.२०७८ असोज ८ शुक्रवार १५:२७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...