back
NMB ad

बैंकमा निक्षेप संकलन झन् घट्दै, कर्जाको माग धान्नै नसक्ने !

Kumari bank ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको लगानीयोग्य रकम (तरलता)को अभाव भएसँगै बैंकहरुले निक्षेप संकलन गर्न ब्याजदरको हतियार प्रयोग गरेपनि त्यो कमजोर भएको छ ।

बैंकमा लगानीयोग्य रकमको अभाव भएसँगै निक्षेप तान्न बैंकहरुले ब्याजदर बढाएर दोहोरो अंकमा पुर्याए । तर त्यसले काम नगरेको तथ्याङकले देखाएको छ । असोज १ गतेदेखी बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरे । जसमा बचत तथा मुद्दति निक्षेपको ब्याज निकै बढेको छ । तर बचतकर्ताको ध्यान त्यता जान सकेको छैन । असोज पहिलो साताको तथ्याङक हेर्दा बैंकमा निक्षेप संकलन ह्वात्तै घटेको छ ।

बैंकर्स संघका अुनसार असोज ८ गतेसम्म बैंकहरुले ९ अर्ब निक्षेप संकलन गर्दा ३१ अर्ब कर्जाको माग देखिएको छ । यो हेर्दा बैंकको निक्षेप निकै कम र कर्जाको माग धान्नै नसक्ने गरी बढेको देखिएको छ । संघका अनुसार ब्याजदर नबढेको समयमा भदौ अन्तिमसाता निक्षेप संकलन २६ अर्ब र कर्जाको माग २८ अर्ब अर्थात निक्षेप र कर्जाको माग उस्तै उस्तै थियो ।

असोज ८ गतेसम्म आईपुग्दा कर्जाको माग ह्वात्तै बढेको छ भने निक्षेप संकलन निकै घटेको देखिएको छ । असार ८ गतेसम्म बैंकहरुले ४१ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा कर्जाको माग ३९ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ ।

वि.सं.२०७८ असोज ११ सोमवार १६:४२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...