काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई आकर्षक लाभांश घोषणा गरेको छ ।
संस्थाको आइतबार बसेको सञ्चालक समितिको ५९ औं बैठकले आर्थिक वर्ष २०७७–०७८ सम्मको मुनाफाबाट ३४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
जसमा बोनस ३२.३० प्रतिशत नगद लाभांश १.७० प्रतिशत दिने प्रस्ताव गरेको छ । संस्थाको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
वि.सं.२०७८ असोज १७ आइतवार १७:४२ मा प्रकाशित