back
NMB ad

एनआरएनए चुनावः बद्री केसी टिमद्वारा उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

Kumari bank ad

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीको टिमले उम्मेदवारी घोषणा गरेको छ । केसीको टिमले संघको १० औं विश्व सम्मेलनका लागि उम्मेदवारी घोषणा गरेको हो ।

एनआरएनए अध्यक्षका प्रत्यासी केसीले उम्मेदवारी घोषणा गर्दै विभिन्न प्रतिवद्धता पनि सार्वजनिक गरेका छन् । केसीले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरकार, कूटनीतिक नियोग लगायतसँग सहकार्य गर्ने बताएका छन् ।

त्यस्तै, वैदेशिक रोजगारीमा जाने नेपालीहरुको न्यूनतम तलव अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्धारण गरिने, श्रम स्वीकृति नवीकरण, बीमा नवीकरण तथा श्रमसम्बन्धी अन्य समस्याका लागि नेपाल धाउनुपर्ने बाध्यकारी व्यवस्थालाई अन्त्य गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान’ भन्ने नारा दिएका केसीले उपाध्यक्षमा हेमराज शर्मा (युके), डिबी क्षेत्री (ओमान), धर्मराज अधिकारी (अष्ट्रेलिया), यासमिन बेगम शैयद (साउदी अरेबिया) लाई उम्मेदवार बनाएका छन् ।

त्यस्तै महासचिवमा गौरीराज जोशी (अमेरिका), सचिवमा रामशरण सिमखडा (युके), ओम गुरुङ (जापान), चिरञ्जीवी घिमिरे (क्यानडा) र महिला सहकोषाध्यक्ष यमुना भट्टराई (अमेरिका) ले उम्मेदवारी घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघको अध्यक्षमा कुल आचार्य र रविना थापाले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यस्ता छन् अध्यक्षका प्रत्यासी केसीको प्रतिबद्धता

व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी

क) वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित,मर्यादित र सुरक्षितबनाउन नेपाल सरकार, गन्तव्यमुलुकस्थित कूटनीतिक नियोग, दूतावास लगायतसँग सहकार्य गरिनेछ ।

ख) वैदेशिक रोजगारीमाजाने श्रमिकहरुलाई अभिमुखीकरण तालिमको सञ्चालन गरिनेछ ।

ग) विदेशको श्रम बजारमा रहेका श्रमिकहरुलाई योगदानमाआधारित सामाजिक सुरक्षा कोष तथा पेन्शन फण्डमा सहभागी गराउनपहल गरिनेछ ।

घ) अन्र्तराष्ट्रिय श्रमबजारमा हासिल गरेको ज्ञान, सीप र पुँजीलाई स्वदेशको विकास र समृद्धिका निम्तिउपयोग गर्न नेपाल सरकारसँग सहकार्य गरि छुट्टै श्रम तथासीप बैंक स्थापनाकालागिपहल गरिनेछ । नेपाल सरकारको वैदेशिक रोजगार कल्याणकारी कोषलाई श्रमिकको समस्या समाधानमाप्रभावकारी ढंगले प्रयोग गर्न पैरवी गरिनेछ ।

ङ) विदेशमा रोजगारी गुमाई नेपालफÞर्किएका नेपालीदाजुभाई तथादिदीबहिनीहरुलाई उनीहरुको सीप र क्षमताअनुसार नेपालमै रोजगारीको अवसर दिलाउन नेपाल सरकारसँग समन्वय गरिनेछ ।
च) कोरोना महामारीको कारणले वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका नेपालीको अभिलेख तयार गरी उनीहरूलाई उत्पादनमूलक क्षेत्रमा सहभागी गराउन नेपाल सरकारको सहकार्यमा ‘आफ्नै माटो, स्वावलम्बी बाटो’ अभियान सञ्चालन गरिनेछ ।

छ) रोजगारीकासिलसिलामामध्यपूर्व, मलेसियालगायतजुनसुकै क्षेत्रमा रहेका महिलाकामदारहरूको सुरक्षित, मर्यादित र सम्मानजनक रोजगारीकानिम्तिविशेष कूटनीतिक पहलकालागि नेपाल सरकारसँग सहकार्य गरिनेछ ।

ज) वैैदेशिक रोजगारमा जाने नेपालीहरुको न्यूनतमतलवअन्तर्रष्ट्रिय मापदण्ड अनुसार बनाउन नेपाल सरकार र गन्तव्यमुलुकबीच संवादको लागिपहल गरिनेछ ।

झ) वैदेशिक रोजगारीकाक्रममा रहेका नेपालदाजुभाई तथादिदीबहिनीहरुले भोग्नुपरेको समस्या समाधान गर्न अन्तर्राष्ट्रिय समन्वय परिषद्ले खडा गरेको कोष थप वृद्धि गरि एनसीसीहरुमार्फत कार्यक्रम सञ्चालन गरिनेछ ।

ञ ) श्रम स्वीकृतिनविकरण, बीमानविकरण तथाश्रम सम्बन्धिअन्य समस्या समाधानको लागि नेपालआउने बाध्यकारी अवस्थालाई अन्त्य गर्न विदेशमा रहेका नेपालीनियोगमार्फत नै गर्ने प्रबन्धमिलाउनपहल गरिनेछ ।

ट)अत्यधिक जोखिमपूर्ण रोजगारीमाजाने व्यक्तिहरुलाई विशेष बीमाको व्यवस्थापन गर्न सरकारसँग नीतिगत रुपमापहल गरिनेछ ।

ठ) वैैदेशिक रोजगारीकाक्रममा मृत्यु भएका तर कागजीप्रक्रियानपुगेका नेपालीहरुकोअलपत्रशव नेपालमाल्याउनलाग्ने आर्थिक खर्च नेपाल सरकारले व्यहोर्नुपर्ने नीतिगतव्यवस्था गर्न पहल गरिनेछ ।

ड) युरोपेली, अमेरिकीओसेनीया क्षेत्र एवंजापान, हङकङ, दक्षिण कोरिया लगायतका देशसहितनयाँआकर्षक श्रम गन्तव्यको पहिचान गरी सम्वद्ध देशसँगश्रम सम्झौता गर्न नेपाल सरकारसँग सहकार्य गरिनेछ ।

२. नेपालमालगानी तथाएनआरएन नेपाल डेभलपमेन्ट फन्ड

क) नेपालमालगानीभित्र्याउने उद्देश्यले स्थापना गरिएको एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई अघि बढाइनेछ । हाल १० अर्ब सुरुवातीपूँजी रहेको यस फण्डलाई आगामीदिनमाथप बृहतबनाइनेछ । र, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सो फण्डमा (आइपोओ मार्फत) जोडिनेछ ।

ख) नेपालमालगानीको क्षेत्र पहिचान गरि सुरक्षितलगानीप्रवर्धनकालागि नेपाल सरकारको संघदेखि प्रदेश र स्थानीयतहसँग सहकार्य गरिनेछ ।

ग) वैदेशिक रोजगारीमा रहेका श्रमिकले पठाएको रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमालगानीकालागिप्रोत्साहन गरिनेछ र त्यसकालागिलगानीका क्षेत्र पहिचान गरिनेछ ।

घ) गैरआवासीय नेपाली र स्वदेशमारहेकायुवाको नवीन सोच, ज्ञान र उत्साहलाई उत्पादनमूलक क्षेत्रमाप्रयोग गर्न एनआरएन नेपाल डेभलपमेन्ट क्षेत्रीय फण्ड र सम्वद्ध वित्तीय निकायहरूबाट लगानीकोव्यवस्थागरिनेछ । ‘संयुक्त स्टार्टअप’कार्यक्रमसञ्चालनकालागिकार्यविधिबनाउने र क्रमशःकार्यान्वयन गरिनेछ ।

ङ) गैरआवासीय नेपाली र वैदेशिकलगानीआकर्षित गर्न दोहोरो कर छुट सम्बन्धि सम्झौता गर्न सरकारसँग पहल गरिनेछ ।

३) संस्थागतपुर्नसंरचनाएवं सुदृढीकरण

क) संशोधित विधानमा ल्याइएका नयाँ प्रस्तावहरु पूर्ण कार्यान्वयनमा ल्याइनेछ ।

ख) हाल ४० प्रतिशतले वृद्धि भएको संघको पञ्जिकृत सदस्यतालाई वृद्धि गर्दै विश्वभर छरिएर रहेका नेपालीलाई एकैसुत्रमा बाँध्नेगरि सदस्यता विस्तार गरिनेछ ।

ग) गैरआवासीय नेपाली संघले स्थापनाकालदेखि नै उठाएको १८३ दिनभन्दा बढी विदेशमाबस्ने नेपालीहरुलाई गैरआवासीय नेपाली परिभाषित गर्ने तथा विद्यार्थीहरुलाई पनि गैरआवासीय नेपालीको परिभाषाभित्र समेट्न पहल गरिनेछ ।

घ) सदस्यता, प्रतिनिधि चयनसँग सम्बन्धित तथा निर्वाचन जन्य असहजताहरूलाई सम्बोधन गर्दै स्वतन्त्र, अधिकार सम्पन्न सदस्यता तथा प्रतिनिधि व्यवस्थापन आयोग र न्यायिक आयोग गठन गरिनेछ । आइसीसीको निर्वाचनका प्रतिनिधि छनोटलाई पारदर्शी र थप वैज्ञानिक बनाइनेछ र निर्वाचन पद्दतीलाई पुनरावलोकन गर्ने व्यवस्था मिलाइनेछ ।

ङ) संस्थाको निर्वाचनमा विश्वभरका सबै पञ्जिकृत सदस्यले मतदान गर्न सक्ने व्यवस्थालाई विधानतः सरल र सहजबनाउन पहल गरिनेछ ।

च) गैरआवासीय नेपाली सदस्यता लिएका व्यक्तिहरुलाई नेपालभित्र र विदेशमा विभिन्न क्षेत्रमा सहुलियत सुविधाका कार्यक्रमहरु ल्याइनेछ ।

६ ) अघिल्लो कार्यकालमा शुरु गरिएको स्मार्ट एनआरएनए प्रोग्राम सुधार गर्दै पूर्णता दिइनेछ । एनसीसीमा देखिएका सदस्यता वितरण र निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र बनाउन फेस भेरिफिकेसन प्रणालीलाई अनिवार्य बनाइने छ ।

४) गैरआवासीय नेपालीका हकहित अधिकार

क) नेपाल सरकारले संविधानमा व्यवस्था गरेका तर कार्यान्वयनमा आउन बाँकी गैरआवासीय नागरिकता लगायतका अन्य व्यवस्थालाई कार्यान्वयनमा ल्याउन परिणाममुखी पहल गरिनेछ ।

ख) विदेशमा बस्ने नेपालीहरुलाई राजनीतिक अधिकारसहित विदेशबाटै मतदान गर्ने व्यवस्था मिलाउन नेपाल सरकारसँग पहल गरिनेछ ।

ग) गैरआवासीय नेपालीको नेपालमा रहेको सम्पत्तिको सुरक्षाकालागि कानूनी व्यवस्था मिलाउन नेपाल सरकारसँग पहल गरिनेछ ।

घ) नेपालीहरुको बाक्लो उपस्थिति भएका देशहरुमा दुतावास स्थापना गर्न तथा दुतावास स्थापना गर्न सम्भव नभएका मुलुकमा कन्सुलेट कार्यलयको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइनेछ । विदेशमा रहेका नेपालीहरुलाई नेपाल सरकारको सुविधा उपलब्ध गराउन प्रयास गरिनेछ ।

ङ) नेपाल मुलभएका तर पुस्तौंदेखि विदेशमा नेपाली समुदाय (म्यानमार, थाइल्यान्ड, मलेसिया, मौरिसस, बु्रनाइ लगायतका मुलुकमा रहेका ) नेपाली भाषीलाई पनि एनआरएन कार्डको माध्यमबाट कानूनी आधारसहित नेपालसँग जोड्ने प्रयत्न गरिनेछ ।

च) राष्ट्रिय समन्वय परिषद्बाट निर्वाचित अध्यक्षलाई सरकारको अवैतानिक वाणिज्य दूतको रुपमा मान्यतादिन सरकारसँग पहल गरिनेछ ।

छ ) बेलायत लगायतका विभिन्न देशमा कार्यरत भूपुगोर्खाहरुले उठाउँदै आएको समान पेन्सन र अधिकारको मागलाई पूरा गर्न संस्थागत रुपमा विशेष पहल गरिनेछ ।

५. ज्ञान, सीप र प्रविधिसहितको एनआरएन

क) संशोधित विधानमा व्यवस्था भएको एनआरएनए पेशागत तथा प्राज्ञिक इकाइ स्थापना गरी सक्रिय रुपमा सञ्चालन गरिनेछ ।

ख) ज्ञान तथा विज्ञ सम्मेलनलाई थपप्रभावकारी र सहभागीता मुलकबनाई निरन्तरता दिइनेछ ।

ग) नेपाल पोलिसी इन्स्टिच्युटलाई दक्षिण एसियाली स्तरको थिंक ट्यांकका रूपमा अघि बढाइनेछ र आगामी वर्ष एक विशेष सम्मेलनको आयोजना गरिनेछ । विषयगत जर्नल प्रकाशन गरिनेछ ।

घ) अन्तर्राष्ट्रिय थिंक ट्यांकहरूसँग सहकार्य लगायतका गतिविधि अगाडि बढाएर नेपाल बौद्धिक प्रतिभाहरूको मुहान र गन्तव्यदुवै हो भन्ने सन्देश प्रवाह गरिनेछ ।

ङ) विदेशमा हासिल गरेको अनुभवका आधारमा नेपालका विविध क्षेत्रमा आवश्यक नीतिगत सुझाव तयार गरी नेपालका सम्बन्धित निकायलाई उपलब्ध गराइनेछ ।

६) एनआरएनए फाउण्डेशन

क) राष्ट्रिय–अन्तर्राष्ट्रिय दातृ निकायतथा परोपकारी संस्थाहरूसँग आवधिक कार्ययोजनाका साथ सहकार्य गरिनेछ।

ख) सहयोगपूर्ण सहभागिता र योगदान एवं कदर लगायतका विभिन्न स्कीमहरू ल्याइनेछ ।

ग) फाउन्डेसन सचिवालय सुदृढीकरण तथा अन्तर्राष्ट्रिय कार्यालयहरूको स्थापना गरिनेछ ।

घ) नेपालमा स्वयंसेवाका लागि संसारभरका युवालाई आकर्षित गर्न विशेष प्याकेज सहितका कार्यक्रम ल्याइनेछ ।

ङ) फाउण्डेशनलाई नेपाल बाहिर पनि स्थापना गरी विस्तार गरिनेछ ।

७. नेपालएवं नेपाली पर्यटन प्रवद्र्धन

क) नेपाललाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्न पुलको रुपमाभूमिकानिर्वाह गरिनेछ ।

ख) नेपाली पर्यटन व्यवसायीहरूसँग सहकार्य गरी गैरआवासीय नेपाली एवं विदेशमा रहेका दोस्रो पुस्ताका लागि विशेष प्रोत्साहन प्याकेज ल्याइनेछ ।

ग) नेपाल सरकारले पर्यटन गन्तव्यका रुपमा अघि सारेका स्थानमा पर्यटन प्रवर्धनका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गरिनेछ ।

घ) कोरोना महामारीका कारण प्रभावित पर्यटन प्रवर्धनलाई सकारात्मक सन्देश प्रवाह गर्दै पुनः स्थापित गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम गरिनेछ ।

ग) विदेशमा नेपाली सामान प्रवद्र्धनका लागि ८५ वटै देशमा गैर–आवासीय नेपालीहरूको सञ्जाललाई प्रयोग गरिनेछ । नेपालबाट निर्यात हुने सामानमा विकसित देशहरूले दिने भन्सार छुट सहुलियतलाई अधिकतम सदुपयोग गरी नेपालको निर्यात क्षमता वृद्धि गर्दै व्यापार घाटा न्यूनिकरणमा योगदान पु¥याइनेछ ।

८) युवा, महिलातथा दोस्रो पुस्ता

क) गैरआवासीय नेपालीको दोस्रो पुस्तालाई नेपालसँग जोड्न र अपनत्व महसुस गराउन विभिन्न कार्यक्रम गरिनेछ ।

ख) युवा र महिलालाई एकजुट रूपमा नेपालसँग जोड्न विशेष कार्यक्रमबनाई वार्षिक क्यालेन्डरमै समेटिनेछ । यसका लागि ‘एनआरएनयुथ मिट’ र ‘अन्तर्राष्ट्रिय महिला सम्मेलन’आयोजना गरिनेछ ।

ख) गैर आवासीय नेपाली खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताको सुनिश्चितता गरिनेछ ।

ग) गैर आवासीय नेपाली खेलकुद प्रतिष्ठान स्थापनालाई अघि बढाइनेछ ।

घ) दोश्रो पुस्ताका गैर आवासीय नेपालीहरुलाई संघमा आबद्द गर्न विधानमा संरचना ल्याइनेछ ।

९. अन्तर्राष्ट्रिय संघ-संस्थाहरुसँग सहकार्य

क) कोरोना लक्षित राहत तथा उद्दारका कार्यक्रम अघि बढाउन संयुक्त राष्ट्र संघ अन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम)सँग गरिएका सम्झौतालाई कार्यान्वयनगर्दै थप कार्यक्रम ल्याइनेछ ।

ख) नेपाल फर्किएका नेपालीहरुलाई अन्तर्राष्ट्रिय संघ-संस्थाहरुसँग सहकार्य गरि स्वदेशमै स्वरोजगार बनाउन विभिन्न कार्यक्र मल्याइनेछ ।

ग) आगामी दिनमा अन्य अन्तर्राष्ट्रिय संघ-संस्थासँग सहकार्य गरिनेछ ।

वि.सं.२०७८ असोज २० बुधवार १२:०२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...