back
NMB ad

सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम बनाउँदै महानगर

Kumari bank ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नागार्जुन नगरपालिकामा ‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ भवन निर्माण हुने भएको छ ।

उक्त नगरपालिका-६ स्थित सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको करिब १८ रोपनी सार्वजनिक जग्गामा उक्त भवन निर्माण हुने भएको हो । अव्यवस्थित सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनका लागि मानव सेवा आश्रम संचालन प्रयोजनका लागि सो भवन निर्माण गर्ने सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमुख विद्या सुन्दर शाक्य, नागार्जुन नगरपालिका तर्फबाट मोहन बहादुर बस्नेत र मानव सेवा आश्रमका तर्फबाट अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गर्नुभयो ।

काठमाडौं जिल्लाभित्रका विभिन्न सडक किनाराहरु एवं सार्वजनिक स्थलहरुमा विभिन्न कारणहरुबाट घरवार विहिन भई खुल्ला आकाशमुनी अत्यन्त कष्टपूर्ण जीवनयापन गर्न विवश व्यक्तिहरुलाई सडकबाट तथा खुल्ला स्थानबाट उद्धार गरी काठमाडौं उपत्यकालाई नै सहयोगापेक्षी सडक मानवरहित शहर बनाउने उद्देश्यले नागार्जुन नगरपालिका र मानव सेवा आश्रमसँग भवन निर्माणका लागि सम्झौता गरेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।

‘सहयोगापेक्षीको उद्धार, उपचार, पालन पोषण एवं पारिवारिक पुनर्मिलन गराउन र अव्यवस्थित सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनको कार्यलाई दिगो, व्यवस्थित र थप प्रभावकारी बनाउन हामीले यो असल कार्यको थालनी गरेका हौँ,’ सम्झौतापछि सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले भन्नुभयो, ‘काठमाडौं जिल्लाभित्र अव्यवस्थित रुपमा खुल्ला आकाशमुनि सडकका पेटीहरुमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश, शारीरिक तथा मानसिक रुपमा अशक्त, मनोरोगी, अनाथ, अपाङ्गता भएका, अशक्त तथा सहयोगापेक्षी सडक मानवहरुको उद्धार, उपचार, पालनपोषण तथा पारिवारिक पुनर्मिलन गराउने र त्यस्ता सहयोगापेक्षी मानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनलाई दिगो व्यवस्थापन गर्न सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम निर्माण गरी संचालनमा ल्याउन यो सम्झौता गरेका हौँ ।’

उहाँले मानव सेवा आश्रम निर्माणसँगै काठमाडौँको खुल्ला आकाशमुनि सडकका पेटीहरुमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश नागरिकहरुको व्यवस्थापन हुनेमा आफू आशावादी रहेको बताउनुभयो । उहाँले स्थानीय सरकार जनताको घर–दैलोको सरकार भएको भन्दै कुनै पनि नागरिक खानका लागि सडकमा आउने अवस्थाको अन्त्यका लागि निरन्तर लाग्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

‘यो असल काम हो, यसमा सञ्चारमाध्ययमको पनि सरकारात्मक भूमिका आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘कोही भोको रहँदैन, भोकै कोही मर्नु पर्दैन’ भन्ने अभियान अन्तर्रगत नै यो काम गरिरहेका छौँ । सबैको सहयोग भयो भने यो मानवीय उद्दारको कार्य सरकारात्मक निश्कर्षमा पुग्छ ।’

सम्झौता अनुसार काठमाडौँ महानगरपालिका र चन्द्रागिरी नगरपालिका क्षेत्रभित्रका सडक पेटी तथा खुल्ला क्षेत्रहरुमा रहेका÷भेटिएका सवै उमेर समूहका र सवै प्रकृतिका सहयोगापेक्षी मानवहरुको उद्धार, उपचार, पालनपोषण, शिक्षादिक्षा आदि आधारभूत आवश्यकताको परिपूर्ति गर्ने प्रवन्ध मानव सेवा आश्रमले गर्नेछ ।

प्रमुख शाक्यले भवन निर्माण गर्न आवश्यक बजेट प्रवन्ध गर्न महानगरपालिका तयार रहेको जानकारी दिनुभयो । ‘सार्वजनिक खरिद प्रक्रियाबाट भवन निर्माण गर्न निर्धारण हुने सम्पूर्ण लागत काठमाडौँ महानगरपालिकाले व्यहोर्नेछ,’ शाक्यले भन्नुभयो, ‘उक्त रकम भवन निर्माणको लागि बहुवर्षीय परियोजनाको रुपमा नागार्जुन नगरपालिकालाई उपलब्ध गराउनेछ । भवन निर्माणपछि आवश्यक फर्निचर तथा अन्य सरसामानको समेत व्यवस्थापनमा काठमाडौँ महानगरपालिकाले नै सहयोग गर्नेछ ।’

कार्यक्रममा नागार्जुन नगरपालिकाका प्रमुख बस्नेतले आफ्नै नगरपालिकामा भवन बन्ने कुराले उत्साहित भएको बताउनुभयो । आश्रमका अध्यक्ष अधिकारीले असल मनले थालेको काठमाडौँ महानगरपालिकाले गरेको सहयोग अतुलनीय रहेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार निर्माण विभागका प्रमुख राम थापाले यो यो आर्थिक वर्षमा उक्त भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकाले ६ करोड छुट्याएको जानकारी दिनुभयो । थप रकम आवश्यक पर्ने भए सहयोग गर्न तयार रहेको पनि उहाँले जानकारी दिनुभयो ।

सम्झौता अनुसार निर्माण भएको भवन नागार्जुन नगरपालिकाको नाममा निर्माण गरिनेछ र निर्माण हुने भवन शहिद धर्मभतm माथेमा महानगर मानव सेवा आश्रम संचालन गर्न प्रयोग गरिनेछ ।

‘मानव सेवा आश्रममा रहने सहयोगापेक्षी मानवहरुको लिंग, उमेर समुह, शारीरिक तथा मानसिक अवस्था, आवश्यकता र प्रकृति समेतका आधारमा अन्य तरिकाले समेत विभाजन गरी अधिकतम मानवीयताको प्रवद्र्धन गर्नेगरी आश्रम संचालन व्यवस्थापन गर्नु मानव सेवा आश्रमको हुनेछ,’ सम्झौतामा भनिएको छ, ‘भवनको मुल प्रयोजन विपन्न, अशक्त, असहाय, सडक सहयोगापेक्षी मानवहरुको मानवोचित व्यवस्थापनमा प्रयोग गर्नुहुनेछ ।

उक्त उद्देश्य अनुसार तृतीय पक्षबाट भवनको व्यवस्थापन तथा प्रयोग हुन नसकेमा वा भवनको दुरुपयोग भएमा जुनसुकै बेला प्रथम तथा द्वितीय पक्षले संयुक्त निर्णय गरी सम्झौता भंग गर्न तथा भवनको उपयुक्त प्रयोजनमा प्रयोग गर्न सक्नेछ ।’

त्यसैगरी सम्झौतामै निर्माण भएको भवनको नाम सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम रहने उल्लेख छ । सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न र भविष्यमा समेत मानव सेवा आश्रम संचालन व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन आवश्यक नीति तर्जुमा गर्ने, निर्णय गर्ने तथा कामकारवाहीलाई निर्देशन गर्ने उद्देश्यल एक निर्देशक समिति समेत रहने व्यवस्था सम्झौतामा गएिको छ ।

वि.सं.२०७८ असोज २० बुधवार १६:३५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...