काठमाडौं । सिटिजन्स बैंक बैंकको सेयर मूल्य समायोजन भएको छ ।
शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बैंकको बोनस सेयरको मूल्य समायोजन गरेको हो । नेप्सेले १२.९१३ प्रतिशत बोनस सेयरको समायोजनपछि सेयरमूल्य ३५२ रुपैयाँ निर्धारण गरेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम सेयरमूल्य ३९८ रुपैयाँको आधारमा सेयरमूल्य समायोजन भएको हो ।
वि.सं.२०७८ असोज २२ शुक्रवार ०९:१४ मा प्रकाशित