काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ । उक्त दिन छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो कारोबार दिन ९० हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको सुन आज बढेर ९० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंका अनुसार आज तेजावी सुनको मूल्य ९० हजार १५० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन भने ८९ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, उक्त दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ ।
वि.सं.२०७८ असोज २२ शुक्रवार ११:१९ मा प्रकाशित