back
NMB ad

एनआरएनएको महाधिवेशन स्थगित भएकोप्रति आचार्यको असहमति

अवैधरुपमा कार्यकाल लम्ब्याउने खेल भएको आरोप

Kumari bank ad

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कात्तिक ६-८ का लागि तोकिएको दशौं महाधिवेशन स्थगित गरिएकोप्रति संघका अध्यक्षका उम्मेदवार कुल आचार्यले असहमति जनाउनु भएको छ । संघको सचिवालयले अन्तिम समयमा आएर अवैध रुपमा आफ्नो कार्यकाल लम्ब्याउने प्रपन्च गरेको आचार्यको आरोप छ ।

संघको सचिवालयले कात्तिक ६–८ का लागि तोकिएको संघको दशौं महाधिवेशन स्थगित गर्ने निर्णय गरे लगत्तै आचार्यले उक्त निर्णयमा असहमति जनाउनु भएको हो । आचार्यले आइसीसीले समयमै विवाद समाधान नगरेर आफ्नो कार्यकाल लम्ब्याउने मात्रै काम गरेको बताउनुभयो ।

विवाद समाधानका लागि आइसीसीसँग पर्याप्त समय रहेपनि अन्तिम समयसम्म चासो नदिएको र परराष्ट्र मन्त्रालयको पत्रलाई देखाएर वर्तमान नेतृत्व जिम्मेवारीबाट पन्छिने काम गरेको आचार्यको आरोप छ । ‘हामीसँग अझै पनि पर्याप्त समय छ, अगाडि नै विवाद समाधान गर्न सकिन्थ्यो, अझै पनि सकिन्छ’ उहाँले भन्नुभयो ‘तर नेतृत्वले विवाद समाधान गर्नेतर्फ भन्दा कार्यकाल लम्ब्याउनेतर्फ ध्यान दियो ।’

विधान अनुसार विवाद समाधान गरेर तोकिएको मितिमा महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्नुपर्नेमा वर्तमान नेतृत्वले अवैध रुपमा कार्यकाल बढाउने तयारी गरेको उहाँले बताउनुभयो । अक्टोबर १८ पछि वर्तमान नेतृत्वको कार्यकाल सकिन्छ, त्यसपछि जति समय थप गरे पनि त्यो अवैध हुने उहाँको भनाई छ ।

वर्तमान नेतृत्वले सदस्यता वितरणदेखि नै आइसीसीको नेतृत्वले विधान मिच्ने काम गरिरहेको टिप्पणी गगर्नुभयो । ‘विधान संस्थाको प्राण हो, विधान मिच्ने काम स्वीकार गर्न सकिँदैन, संस्थालाई जतिसक्दो विधानले मार्गदर्शन गरेको बाटोमा फर्काउनुपर्छ’ उहाँले भन्नुभयो ।

खासगरी अध्यक्ष र सचिवालयको नेतृत्व गर्ने महासचिवले यी सबै विषयको जिम्मेवारी लिँदै महाधिवेशन गर्न नसकेकोमा माफी माग्नुपर्ने बताउनुभयो । ‘यो नेतृत्वको असक्षमता हो, काम गर्न नसक्नेले माफी माग्नुपर्छ’ उहाँले भन्नुभयो । परराष्ट्र मन्त्रालयको पत्रका कारण नभई विधान मिच्ने केही व्यक्तिहरुको दुषित मानसिकताका कारण तोकिएको मितिमा महाधिवेशन हुन नसकेको उहाँको बुझाइ छ । परराष्ट्रले पटक पटक विधान अनुसार काम गर्न मात्रै सचेत गराएको भन्दै विधान अनुसार काम नगर्नेले अरुलाई दोष दिन नमिल्ने उहाँको भनाइ छ । ‘यसमा न निवेदकको कमजोरी छ न परराष्ट्रको कुनै हस्तक्षेप छ, कमजोरी त आइसीसी सचिवालय र नेतृत्वको हो’ उहाँले भन्नुभयो ।

आचार्यले अक्टोबर १७ मा हुने आइसीसीको बैठकबाट जतिसक्दो छिटो महाधिवेशन गराउने निर्णय गर्न पनि आइसीसीका सबै पदाधिकारी र सदस्यहरुलाई आग्रह गरेका छन् । ‘हामी विधि र विधानका कुरा गर्छौं तर, हाम्रै संस्था विधानभन्दा बाहिर गयो भने त्यसको सन्देश राम्रो हुँदैन’ आइसीसीका पदाधिकारी तथा सदस्यहरुलाई आग्रह गर्दै आचार्यले भन्नुभयो, ‘संस्थालाई जोगाउने हो भने हामीले विधानको पालनामा ध्यान दिनै पर्छ अन्यथा हामीमा नैतिकता रहने छैन ।’

वि.सं.२०७८ असोज २६ मंगलवार ११:०३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...