back
NMB ad

आपराधिक घटना निरुत्साहित गर्न कपिलवस्तु प्रहरीको विशेष योजना

Kumari bank ad

कपिलवस्तु। दसैँको रमझमसँगै जिल्लामा पटक पटक हिंसात्मक र आपराधिक घटना हुने गरेका छन् । विशेष गरी सीमावर्ती क्षेत्रमा दुर्गा मूर्ति विसर्जनको समय हुने साम्प्रदायिक घटनाले कपिलवस्तु तनावग्रस्त हुने गरेको छ । तर यस वर्ष यस्ता घटना निरुत्साहित गराउन जिल्ला प्रहरी कार्यालयले फरक शैली अपनाउने भएको छ ।

चाडपर्वको समयमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर राख्दै प्रहरीले आपराधिक घटना हुन नदिने योजना बनाएको छ । जिल्लामा साम्प्रदायिक हिंसाको जोखिम रहेको कृष्ण नगर, पकडी लगायतका स्थानमा सादा पोसाकका प्रहरीले निगरानी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । प्रहरीले पुराना आपराधिक घटनामा संलग्न रहेका व्यक्तिको निगरानी बढाएको छ ।

 

 

दुर्गा मूर्ति विसर्जनका क्रममा पटक पटक विवाद हुने गरेको क्षेत्रमा सिसिटिभी क्यामरा थप गरी निगरानी बढाउन थालिएको छ । पुराना घटनाको अध्ययन गरी मुख्य संवेदनशील मानिएका क्षेत्र अब डिजिटल निगरानीमा रहने भएका छन् ।

कृष्णनगरका थप ५ स्थान र मर्यादपुरका २ स्थानमा सिसिटिभी क्यामरा जोडिएको एसपी कार्कीले बताए । यसैगरी ठूलो आवाज निकाली ध्वनि प्रदूषण गर्ने खालका डिजेसमेत प्रयोग गर्न निषेध गरिएको छ ।

 

 

जिल्लाका चाडपर्वको समयमा सवारी दुर्घटना हुने, कुटपिट हुने, साम्प्रदायिक हिंसा हुने, सीमा क्षेत्रमा लुटपाटजस्ता घटना बारम्बार हुने गरेका छन् ।

प्रहरीले योजनाका साथ सक्रियता बढाएर र प्रविधिको प्रयोग गरी त्यस्ता घटना हुन नदिने प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।

वि.सं.२०७८ असोज २८ बिहीवार ०८:४२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...