back
NMB ad

गण्डकीले बनायो एकै वर्ष ११५ झोलुंगे पुल, हालसम्म कति बने ?

Kumari bank ad

पोखरा । बागलुङलाई झोलुंगे पुलको जिल्ला भनेर चिनिन्छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने ५ सय ६७ मिटर लम्बाइको झोलुंगे पुल दक्षिण एसियामै लामो दावी गरिएको छ ।

आकर्षक डिजाइन र लम्बाईका हिसाबले यहाँका पुलहरूमा प्रतिस्पर्धा छ । गण्डकी प्रदेशमा हालसम्म एक हजार आठ सय ४५ वाट झोलुंगे पुल निर्माण भइकेका छन् । जसमध्ये बागलुङमा सबैभन्दा धेरै चार सय ४८ वटा पुल बनेका छन् ।

म्याग्दीमा दुई सय ४१ वटा झोलुंगे पुल निर्माण भएका छन् । लमजुङमा दुई सय आठ, कास्कीमा एक सय ८३, गोरखामा एक सय ६१, स्याङजामा एक सय ५६ पुल बनिसकेका छन् । यस्तै, पर्वतमा एक सय ५०, तनहुँमा एक सय आठ, नवलपर र मुस्ताङमा समान ६५र६५ वटा तथा मनाङमा सबैभन्दा कम ६० वटा पुल निर्माण भएको पूर्वाधार विकास निर्देशनलयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७७–७८ मा मात्र एक सय १५ वटा थप पुल निर्माण भएका छन् । २५ वटा पुलहरू प्रदेश सरकारको बजेटबाट बनेको छ भने संघ सरकारको बजेटबाट ८८ तथा पालिकाको बजेटबाट दुईवटा पुल बनेको हो ।

झोलुंगे पुल रणनीति २०६२ अनुसार स्थानीय स्तरमा झोलुंगे पुल निर्माण साविकमा जिल्ला विकास समितिबाट हुँदै आएकोमा अहिले प्रदेश र स्थानीय तहलाई जिम्मेवारी दिइएको छ । एक सय २० मिटरभन्दा लामा पुल प्रदेश सरकार र एक सय २० मिटरभन्दा छोटा पुल स्थानीय तहमा हस्तान्तरण भएका छन् । त्यसको मर्मत पनि सोही सरकारले गर्नेछन् ।

नेपाल सरकार र स्वीस सरकारबीच भएको सम्झौताअनुसार नै स्वीस सरकारले ग्रामिण क्षेत्रमा पुल निर्माणका लागि सहयोग गर्दै आएको छ । नयाँ संरचनाअनुसार प्रदेश स्तरमा आएका पुलको मर्मत र निर्माणका लागि पुनः स्वीस सरकारकै टिवीएसयू संस्थासँग प्रदेशले सम्झौता गरेको छ । स्थानीय पूर्वाधार विभागका कार्यक्रम निर्देशक कृष्णबहादुर कटुवाल, टिवीएस्यूका टीम लिडर बद्री श्रेष्ठ र गण्डकी निर्देशक नारायणप्रसाद बरालबीच त्रिपक्षीय हस्ताक्षर भएको हो ।

‘प्रदेश सरकारले झोलुंगे पुल रणनीति बनाइसकेको छ । आवश्यक ठाउँहरुमा पुल निर्माण गर्न सकिन्छ,’ निर्देशक बरालले भने, ‘तत्काल आवश्यक पर्ने ठाउँमा प्रक्रिया अघि बढिहाल्छ । त्यहाँको माग र आवश्यक्ता हेरेर पुल निर्माण गर्छौं ।’

चालू वर्षमा थप डेढ सय झोलुंगे पुल निर्माण गर्ने योजना छ । ‘अहिले योजना छनौट भइरहेको छ । दसैँअघि निर्माण सुरु हुँदैन,’ उनी भन्छन्, ‘पैदल हिँड्दा कम्तिमा १ घण्टा लाग्ने ठाउँमा पुल निर्माण गर्ने हो । खासगरी सडक पुल नभएका ठाउँमा झोलुंगे पुल राख्नुपर्छ ।’ योसँगै गण्डकीमा तुइन पूरै विस्थापित भएको छ । तनहुँका दुई ठाउँमा तुइन भए पनि त्यो कामका लागि प्रयोगमा नरहेको र त्यहाँ झोलुंगे पुल पनि आवश्यक नरहेको बरालले बताए ।

वि.सं.२०७८ असोज २८ बिहीवार १५:०८ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...