back
NMB ad

बेमौसमी वर्षा : बाली विमा नहुँदा किसानले लाखौंको क्षति बेहोरे

Kumari bank ad

ओखलढुंगा । बेमौसमी वर्षाबाट बालीनालीमा क्षति पुगे पनि बाली विमा नहुँदा किसानलाई समस्या भएको छ । दसैँलगत्तै परेको झरीले धान, कोदो तथा दलहन बालीमा क्षति पुगेको थियो ।

जिल्लाभरका अधिकांश धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाभरको तथ्यांक संकलन गरेर प्रदेशको कृषि मन्त्रालयमा पठाइएको कार्यालयको भनाइ छ । पसाएको धान र कोदो झरीका कारण ढलेपछि कुहिन थालेको छ । दाना लाग्न नपाउँदै ढलेपछि अन्न मात्रै होइन, घाँस समेत नहुने चिशंखुगढीका किसान भोला ढुंगानाले बताए ।

कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार जिल्लाभर चार हजार चार सय ९३ हेक्टर क्षेत्रफलमा लगाइएको धान, कोदो तथा अन्य दलहनमा पूर्ण क्षति पुगेको छ । यो मध्ये सबैभन्दा धेरै कोदोमा क्षति पुगेको छ । सात हजार सात सय ५१ हेक्टरमा लगाइएको कोदोमध्ये एक हजार तीन सय ९५ हेक्टर क्षेत्रफलमा पूर्ण क्षति भएको छ ।

त्यस्तै, चार हजार चार सय तीन हेक्टरमा लगाइएको धानमध्ये आठ सय ८० हेक्टर धान ढलेर काम नलाग्ने अवस्थामा पुगेको छ । ९३ हेक्टरमा लगाइएको फापरमध्ये १८ हेक्टरमा पूर्ण क्षति पुर्‍याएको छ । जिल्लामा कुल ६ हजार पाँच सय हेक्टर खेतमध्ये पानी कम परेकै कारण चार हजार चार सय ९३ हेक्टर मात्रै रोपाइँ भएको थियो ।
रोपाइँ नै कम भएको समयमा फेरि पानी र हावाहुरीले धान ढालेपछि थप क्षति हुँदा किसानलाई खाद्यान्न संकट हुने चिन्ता छ ।

उनीहरूलाई सरकारले राहत दिनुपर्ने अगुवा किसानको माग छ । किसानलाई बेमौसमी वर्षा र हावाहुरीले क्षति पुर्‍याउँदा लाखौं क्षति भएको राष्ट्रिय कृषक समूह महासंघका कार्यक्रम अधिकृत सरस्वती कट्वालले बताइन् ।

विमा नहुँदा किसानलाई मर्का

सरकारले किसानलाई बाली विमा गराउने नीति ल्याए पनि ओखलढुंगामा कार्यान्वयनमा आउन सकेको छैन । बाली विमाको विषयको सचेतना किसानसम्म पुग्न सकेको छैन । ‘विमा भए क्षतिपूर्ति हुन्थ्यो होला, यसबारे जानकारी नै छैन कहाँ कसरी गर्ने हो ? किसान सानु मगरले भने ।

प्रकृया झन्झटिलो रहेकाले किसानले विमा गर्न नचाहेको कृषि ज्ञान केन्द्रका प्राविधिक टिका बानियाँले बताए । उनले भने, ‘किसानलाई जति भने पनि विमा नै गर्दैनन्, क्षतिपूर्ति कम आउने कहिलेकाहीँ मात्रै समस्या आउने भएकाले किसानको ध्यान नै जाँदैन ।’

कार्यालयले बाली विमाबारे कुनै कार्यक्रम नै ल्याएको छैन । सरकारले बाली विमाका लागि कम्पनीलाई तोके पनि किसानले विमा गराउन नआएको आइएमइ जनरल इन्स्योरेन्सका खुरहरि दाहालले बताए । उनले भने, ‘बाली विमा लागतमा हुने र क्षति हुँदा उत्पादनमा हुँने भएकाले किसानले ध्यान नदिएका हुन् ।’

अहिलेको नीतिअनुसार खेति गर्दा लागेको बीउ, मल तथा जनशक्तिको हिसाबका आधारमा मात्रै क्षतिपूर्तिको व्यवस्था छ । क्षति हुँदा उत्पादन भएको बाली हुने हुँदा विमा गर्दा उत्पादनको क्षतिका आधारमा हुनु पर्ने राष्ट्रिय कृषक समूह महासंघका कार्यक्रम अधिकृत कटुवालले बताइन् ।

उनले महासंघले सरकारसँग हाल क्षतिपूर्ति दिन र विमा नीति परिमार्जन गर्न पैरवी गरिरहेको पनि जानकारी दिइन् । उत्पादनका आधारमा हुने क्षतिको विमा गर्ने नीति ल्याएर बाली विमा प्रभावकारी बनाएमा विमाप्रति किसानको आकर्षण बढ्ने अखिल नेपाल किसान महासंघका नेता शारदा निरौला बताउँछिन् । ओखलढुंगामा बाली गर्ने किसानको अभिलेख नै छैन । एकजनाले पनि विमा गरेको जानकारीमा नरहेको कृषि ज्ञान केन्द्रको भनाइ छ ।

 

वि.सं.२०७८ कात्तिक ७ आइतवार १३:२८ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...