back
NMB ad

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल

Kumari bank ad

ताप्लेजुङ । ताप्लेजङस्थित कञ्चनजंघा क्षेत्रमा पर्यटकहरूको चहलपहल बढेको छ । अन्तरिक तथा बाह्य पर्याकहरूको जहलपहल बढेको हो । कोभिड—१९को कारणले दुई वर्ष सुनसान रहेको कञ्चनजंघा क्षेत्रमा गत सातादेखि आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल सुरु भएको ।

कञ्चनजंघा क्षेत्रको भ्रमणमा आएका पर्यटक कोही आधारक्षेत्र पुगेका छन् भने कोही बीच बाटो घुन्सा क्षेत्रमै पुगेका छन् । यस्तै ताप्लेजुङ हुँदै मकालु हिमालको भ्रमणमा जाने पर्यटकसमेत ओलाङ्चुङगोला क्षेत्रमा पुगेका छन् ।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा विदेशीसहित २८ जना पर्यटक विहिबार कञ्चनजंघा क्षेत्र प्रवेशद्वार घुन्सा पुगेको छ ।

विदेशी पर्यटकमा अमेरिका, फ्रान्स लगायत देशका ११ जना छन् भने आन्तरिकमा झापा, काठमाडौंलागयत विभिन्न जिल्लाका पर्यटकहरू घुन्सा क्षेत्रमा पुगेको शेर्पाले बताए ।

त्यस्तै ४० जना विदेशीसहित पर्यटक कञ्चनजंघा आधार शिविर प्रवेश गरिसकेको शेर्पाले बताए । उक्त पर्यटकको टोली साता दिन अघि नै आधार शिविर क्षेत्रको भ्रमणमा गएका बताइएको छ ।

यसैगरी, फक्ताङ्लुङ (कुम्भकर्ण–७७१० मिटर) हिमाल आरोहणमा गएका दुईजना अमेरिकी आरोहीसहितको टोली पनि वर्षाले कुम्भकण क्षेत्रमै रहेको छ ।
यता, ताप्लेजुङ र संखुवासभाको सीमाक्षेत्र लुम्बासुम्बा हुँदै मकालु हिमालको भ्रमणमा जाने ११ जना पर्यटक ओलाङचुङगोलामा पुगेको ओलाङ्चुङगोलाका स्थानीय होटल व्यवसायी याङ्माक नुपु शेर्पाले बताए ।

तीन दिनदेखिको निरन्तरको वर्षाका कारण कञ्चनजङ्घाको खम्बाचेन, लोनाक आधार शिविर क्षेत्रसम्म हिमपात भएको पनि घुन्साका स्थानीय होटल व्यवसायी उटुक शेर्पाले बताए ।

केहि हिमपात भए पनि पर्यटक घुन्सा क्षेत्रदेखि कञ्चनजंघा हिमालको आधारशिविर क्षेत्रतिर प्रवेश गरेको शेर्पाले बताए । तीन हजार ४५० मिटरको उचाइ रहेको घुन्सा पर्यटकीय वस्तीमा पर्यकहरूको खचाखच हुन थालेको छ ।

त्यस्तै, तीन हजार २०० मिटर उचाइ रहेको ओलाङ्चुङगाला वस्तीमा पुग्न थालेको स्थानीय तन्तिङ वालुङले बताए । फले, घुन्सा गाउँ कञ्चनजंघा हिमालको पदमार्ग क्षेत्रमा पर्दछ भने फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला पश्चिमको दार्चुला जोड्ने ग्रेट हिमालयन ट्रेलको पूर्वी सुरुवात बिन्दु पर्दछ ।

पछिल्लो समय विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणमा निस्कने पर्यटकको रोजाइमा ग्रेट हिमालयन ट्रेल (पूर्व–पश्चिम पदमार्ग) पर्न थालेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताए ।

लामो समयसम्म कोभिड—१९ का कारणले बन्द भएको कञ्चनजंघा क्षेत्रका होटलहरू खुल्न थालेको छ । ठूलाठूला लगानी गररे निर्माण गरेको होटलहरू दुई वर्षयता पर्यटक नआएपछि बन्द भएको थियो । तर, गत सातादेखि पर्यटकहरूको चहलपहल बढेसँगै होटल धमाधम सञ्चालनमा आउन थालेको छ ।

वि.सं.२०७८ कात्तिक ७ आइतवार १३:४६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...