काठमाडौं । साताको पहिलो कारोबार दिन विभिन्न ७ कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।
उक्त दिन दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने अन्य ५ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।
आइतबार वेष्ट फाइनान्स र रिदी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो । उक्त दिन वेष्ट फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ४०.१० रुपैयाँले बढेको हो । योसंगै कम्पनीको सेयर मूल्य आज ४४१.१० रुपैयाँ पुगेको छ ।
यस्तै, रिदी हाइड्रोपावर कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ६१.९० रुपैयाँले बढेको छ । यो संंगै आज कम्पनीको सेयर मूल्य भने ६८०.९० रुपैयाँ कायम भएको छ ।
उक्त दिन रिलायन्स फाइनान्सको सेयर मूल्य ८.९० प्रतिशत, बरुण हाइड्रोपावर कम्पनीको ८.५४ प्रतिशत, युनाईटेड मोदी हाइड्रोपावरको ८.५४, मानुषी लघुवित्तको ८.१८, सर्पोट लघुवित्तको ८.१६ प्रतिशतले वृद्धि भएको छ ।
यी कम्पनीहरुसहित आज नेपाल फाइनान्स, नेपाल दुरसंचार प्राधिकरण(एनटीसी), माउनटेन हाइड्रो नेपाल, सीईडीबी, अरुण भ्याली, पाँचथर पावर, समृद्धि फाइनान्स र श्रीइन्भेष्टमेन्ट फाइनान्स लगायतका लगानीकर्ताले उच्च दरमा कमाएका छन् ।
वि.सं.२०७८ कात्तिक ७ आइतवार १६:०२ मा प्रकाशित