काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको बोनस सेयरको मूल्य समायोजन भएको छ ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले बैंकको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले कम्पनीको १६.९०६४ प्रतिशत बोनस सेयरको समायोजनपछि १ हजार ३४८ रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन अर्थात आइतबार कम्पनीको १ हजार ५७६ रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०७८ कात्तिक ८ सोमवार १०:१९ मा प्रकाशित