back
NMB ad

माटो परीक्षणको लागि प्रयोगशाला सञ्चालन हुने

Kumari bank ad

लमजुङ । बेसिसहर नगरपालिकाले माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ । वल्ड भिजन इन्टरनेसनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी लमजुङले प्रयोगशाला सञ्चालनका लागि बेंसीसहर नगरपालिकालाई मेसिन हस्तान्तरण गरेको छ ।

आइतबार बेसीसहरमा एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकालाई विद्युतीय मेसिन, टेष्ट किट्स र केमिकललगायतको सामग्री हस्तान्तरण गरिएको हो ।

आरसीडीसीका अध्यक्ष पद्मा गुरुङ र जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल र उपप्रमुख लक्ष्मीदेवी अधिकारीलाई हस्तान्तरण गरेका हुन्।

नगरपालिकालाई चार लाख ६२ हजार तीन सय ९६ रुपैयाँ बराबरको माटो परीक्षण मेसिन सहयोग गरिएको आरसीडीसीले जनाएको छ । जिल्लामै माटो परीक्षण हुने भएपछि किसानले माटोअनुसार खेती गर्नसक्ने उनले बताए । नगरपालिका र आरसीडीसीबीच माटो परीक्षण प्रयोगशाला सञ्चालनका लागि सम्झौतासमेत भएको छ ।

बेंसीसहर नगरपालिका खाद्यान्न बाली, दलहन बाली, तरकारी, फलफूल खेती र पशुपालनको सम्भावना रहेको पालिका रहेकाले माटो परीक्षण गरेर आएको नतिजाअनुसार खेती गर्न सकेमा किसानलाई सहज हुने आरसीडीसीका कार्यक्रम व्यवस्थापक विश्व विनोद घिमिरेले बताए । सम्झौताअनुसार नगरपालिकाले माटो परीक्षण प्रयोगशाला निर्माणका लागि आवश्यक वेसिन, रेफ्रीजरेटर साथै पानीको व्यवथापन गर्नेछ ।

वि.सं.२०७८ कात्तिक ८ सोमवार १२:०३ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...