back
NMB ad

नवौं वृहत राष्ट्रिय खेलकुद आयोजना गर्न मन्त्रीलाई खेलाडी संघको ज्ञापनपत्र

Kumari bank ad

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा संघले मन्त्रालय पुगेर मन्त्री गहतराजलाई आठ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

यस्तो छ मन्त्रीलाई बुझाइएको ज्ञापनपत्र

१. खेलाडीले आफ्नो जीवनको अधिक समय प्रशिक्षणमा बिताउनुपर्ने हुन्छ । जसका कारण अध्ययन पनि राम्ररी पूरा गर्न नसकेका थ्रुपै उदाहरण छन् । राष्ट्रको प्रतिष्ठा बढाउनका लागि आफ्नो उर्बर समय खर्च गर्ने खेलाडीले खेल्न छाडेपछि आर्थिक रूपमा पनि निकै कठिनाइ भोग्नु परेको उदाहरण हाम्रासामू छन् । त्यसको न्युनीकरणका लागि खेलाडी र पूर्वखेलाडीलाई सरकारले सामाजिक सुरक्षा (शिक्षा, स्वास्थ्य, बिमा, यातायात, भत्ता) व्यवस्था गर्नुपर्ने हुन्छ । अन्यथा नयाँ पुस्तालाई खेल क्षेत्रमा आकर्षित गर्न कठिन हुन्छ । जिल्ला, क्षेत्र, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी, पदक विजेता (पदकको पनि वर्गीकरण) सबैका लागि सामाजिक सुरक्षामा के कति व्यवस्था गर्न सकिन्छ, त्यसको वर्गीकरण गरी नीति नै बनाउनुपर्ने आवश्यकता देखिन्छ ।

२. कुनै पनि खेलाडीले पदक जित्दा केही दिन चर्चा र केही पुरस्कार दिने परम्परा छ । तत्कालका लागि त्यो केही गरे जस्तो हुन्छ । तर, त्यसले खेलाडीको खेल जीवन र जीवनयापनका लागि पर्याप्त हुँदैन । त्यसैले कुन प्रतियोगिताका कुन पदकका विजेतालाई नियमित रूपमा कति भत्ताका रूपमा उपलब्ध गराउने भन्ने नीति नै बनाउनुपर्ने आवश्यकता छ । त्यसका लागि व्यापक अध्ययन अनुसन्धान, अन्य देशको अभ्यासलाई पनि हेर्न आवश्यक छ ।

३. नयाँ पुस्ताका खेलाडीलाई खेल क्षेत्रमा आकर्षण बढाउन र अविभावकले पनि खेल क्षेत्रमा भविष्य छ भन्ने बुझ्ने गरी सरकारले नीति ल्याउन आवश्यक छ । त्यसका लागि अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने खेलाडीलाई सरकारी स्तरबाटै रोजगारीको ग्यारेन्टी गरिनुपर्छ ।

४. समाजिक रूपमा खेलाडीको प्रतिष्ठा कायम गर्न सरकारले खेलाडीका लागि विशेष अभियान सञ्चालन गर्नुपर्दछ । स्थानीय स्तरका खेलाडीदेखि अन्तर्राष्ट्रिय खेलाडीको पहिचान खुल्ने गरी परिचय पत्रको व्यवस्था र त्यो परिचयपत्र प्राप्त गर्नेलाई सरकारले निश्चित सहुलियत दिने व्यवस्थाका लागि पहल गर्नुपर्ने आवश्यकता छ ।

५. दक्षिण एसियाली खेलकुद ९साग०मा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने नियमावली छ । त्यो तत्कालका लागि उपयुक्त छ । तर, विगतमा सागमा एकपटक, दुईपटक, तीनपटकसम्म पदक जित्ने खेलाडीका लागि सरकारले के गर्न सकिन्छ भन्नेमा पनि सोच्नु पर्ने अवस्था छ । अन्यथा पहुँच हुनेले सबथोक पाउने तर उत्तिकै योगदान भए पनि पहुँच नहुनेले केही नपाउने अबस्था नेपाली खेलकुदमा विद्यमान छ । देशका लागि पदक जित्ने खेलाडीले हकलाग्दो सुविधा र सम्मानका लागि पनि राजनीतिज्ञ र प्रशासकहरूको ढोका ढोका धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । खेल जीवनपछि ती खेलाडीले खेल क्षेत्रलाई आनो अनुभव साट्ने थलोको रुपमा प्रयोग गर्न उनीहरुलाई उचित जिम्मेवारी दिने परम्पराको थालनी गर्न आवश्यक छ । अन्यथा, विगतमा जस्तै खेल जीवनपछि त्यस्ता खेलाडी विदेशिएका थ्रुपै उदाहरण छन् । खेल जीवनपछि पनि स्वदेशमै बस्ने वातावरण बनाउन सरकारले नीतिगत पहल गर्न आवश्यक छ ।

६. १३औं दक्षिण एसियाली खेलकुद देशमै भव्य रुपमा सम्पन्न भइसकेको छ । नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्यसहित कुल २०७ पदकका साथ दोस्रो स्थान हासिल गर्‍यो । तर देशलाई ऐतिहासिक रूपमा क्षेत्रीय खेलकुदको सबभन्दा ठूलो मेलामा दोस्रो स्थान दिलाउने खेलाडी र प्रशिक्षकको योगदानको उचित कदर भएको छैन । त्यही सागको नाममा परिषद् र मन्त्रालयका सीमित पदाधिकारी तथा कर्मचारीले राष्ट्रिय विभुषण पाए पनि खेलाडी र प्रशिक्षकहरु त्यसबाट बञ्जित भएको उदाहरण मन्त्रीज्युलाई जानकारी नै होला । तथापि, १३औं सागमा स्वर्ण विजेता खेलाडीलाई आकर्षक पुरस्कार दिइएकोमा खेलाडी संघ नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छ । तर, रजत र कास्य पदक जित्नेको कुनै सम्बोधन नभएकोमा सरकारको ध्यानाकर्षण गराउँदै पदक विजेता खेलाडीको रोजगारीको लागि पनि पहल गर्न सके खेलकुदका ति अमूल्य सम्पत्तिलाई पलायन हुनबाट रोक्न सकिने विश्वास व्यक्त गर्न चाहन्छ ।

७. कोभिड १९ महामारीका कारण रोकिएको नवौं वृहत राष्ट्रिय खेलकुद महोत्सव तत्काल गर्नका लागि मन्त्री ज्युबाट पहलकदमी होस् ।

८. विगतमा सबै खेलका राष्ट्रिय टोलीको लागि १२ महिना नै नियमित प्रशिक्षणको व्यवस्था भइसकेको थियो । तर, पछिल्लो समय महामारीका कारण यो रोकिएको अवस्था छ । तर, अब महामारी धेरै हदसम्म नियन्त्रणमा आइसकेको र खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाबाट त्यो प्रशिक्षण कार्यक्रम तत्काल सञ्चालन गराउन पनि आवश्यक छ ।

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १५:३६ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...