back
NMB ad

सेवाग्राहीको चाप बढेपछि सवा ६ बजेसम्म सेवा प्रवाह

Kumari bank ad

रसुवा । जिल्ला प्रशासन कार्यालय रसुवामा सेवाग्राहीको चाप बढेको छ । नेपालीहरूको महान चाड बडादसैँ सकिएर कार्यालय खुलेसँगै नागरिकता र राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय रसुवामा सेवाग्राहीको चाप बढेको हो ।

सेवाग्राहीको चाप बढेसँगै साँझ अबेरसम्म सेवा प्रवाह भइरहेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । डिभी भर्न र वैदेशिक रोजगारको लागि राहदानी बनाउनेको चाप बढेपछि कार्यालयले सेवा अवधि बढाएको उनले बताए ।

सेवाग्राहीको चाप बढेपछि बेलुकी सवा ६ बजेसम्म सेवा प्रवाह भइरहेको उनले बताए । ‘कार्यालयको समयावधि सकिए पनि सेवाग्राही धेरै टाढाबाट आइरहनु भएको हुन्छ । कार्यालय समयावधि सकिएपनि सेवाग्राही रहुन्जेलसम्म हामीले सेवा दिइरहेका छौँ’, उनले भने ।

पछिल्लो समय दैनिक सयभन्दा बढी सेवाग्राही कार्यालयमा आइरहेका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले बताइन् । ‘दैनिक सयभन्दा बढी सेवाग्राही आइरहनु भएको छ । नागरिकता, पासपोर्ट बनाउने धेरै छन्’, उनले भनिन् ।

कार्यालयले १६ कात्तिकदेखि १५ माघसम्म बिहान १० बजेदेखि ४ बजेसम्म र बाँकी महिना बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रदान गर्ने गरेको छ ।

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १५:५९ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...