back
NMB ad

एलन मस्कको दुई प्रतिशत सम्पत्तिले भोकमरी समाधान गर्न सक्छ

Kumari bank ad

काठमाडौं । औंलामा गन्न सकिने विश्वका सर्वाधिक धनाढ्य व्यक्तिको कुल आम्दानीको केही अंशले भोकमरी समस्या समाधान गर्न सकिने संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमका निर्देशकले बताएका छन्।

विश्वका खर्बपतिहरूले एकचोटि आफ्नो आम्दानीको केही अंश खर्च गरेमा भोकमरीसँग जुध्न सहज हुने निर्देशक डेभिड बिस्लेले जनाएका छन्।

‘भोकमरीले ग्रस्त विश्वका करिब चार करोड २० लाख जनसंख्यालाई खुवाउनका लागि सात खर्ब २१ अर्ब रुपैयाँ चाहिन्छ, यदि हामीले सहयोग गरेनौं भने तिनीहरुको मृत्यु हुन्छ,’ उनले भने।

टेस्लाका प्रमुख कार्यकारी एलन मस्कको कुल सम्पत्ति २८९ बिलियन अमेरिकी डलर ९तीन सय ४७ खर्ब रुपैयाँ० रहेको ब्लुमवर्गले जनाएको छ। मस्कको यो रकमको केवल २ प्रतिशत रकम दान गर्न बिस्लेले आग्रह गरेका हुन्। दक्षिण अफ्रिकामा जन्मिएका मस्क अमेरिकामा बस्दै आएका छन्।

कोभिड-१९ को महामारी सुरु भएपछि अमेरिकी धनाढ्यहरूको आम्दानी दोब्बर भएको इन्स्टिच्युट फर पोलिसी स्टडिजले उल्लेख गरेको छ। बिस्लेका अनुसार कोभिड-१९ र जलवायु परिवर्तनजस्ता भयानक समस्याले गर्दा धेरैै मुलुकहरू भोकमरीको चपेटामा परेका छन्। योसँग जुध्नका लागि विश्वका खर्बपतिहरूले सहयोग गर्नुपर्ने उनको आग्रह छ।

युद्धग्रस्त अफगानिस्तानको आधा जनसंख्या अर्थात् दुई करोड २८ लाख मानिसले एकदमै गम्भीर भोकमरी समस्या सामना गर्नुपरेको विश्व खाद्य कार्यक्रमले सोमबार जारी गरेको रिपोर्टमा उल्लेख छ। बढ्दो बेरोजगारी र तरलता अभावले गर्दा विभिन्न मुलुकले मानवीय संकटको सामना गरिरहेका छन्। रिपोर्टका अनुसार अफगानिस्तानका पाँच वर्षमुनिका ३२ लाख बालबालिका जोखिममा रहेका छन्।

(एजेन्सीको सहयोगमा तयार पारेको सामग्री)

वि.सं.२०७८ कात्तिक १० बुधवार १३:०९ मा प्रकाशित

You can share this post!

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...