back
NMB ad

आकासे पानी जोहोले फेरिएको दैनिकी

Kumari bank ad

तेह्रथुम । तेह्रथुमका किसानहरूले वर्षाको पानी जोहो गरेका छन् । स्थानीय सरकारको पहलमा सञ्चालन भएका खानेपानी आयोजनाले मानिसले पिउने पानीको केही हदसम्म अभाव पूरा गरे पनि गाईबस्तु र सिँचाइका लागि भने पानी जोहो गरेका हुन् ।

वर्षायाममा परेको पानी प्लाष्टिकको पोखरीमा बनाएर जोहो गरेको पानीलाई हिउँदमा सिँचाइमा प्रयोग गरिने किसानहरूले बताएका छन् । खानेपानीकै समस्या भएका गाउँमा यतिबेला तरकाली तथा फलफूलमा सिँचाइ गर्ने गरेका छन् ।

किसानहरूले बर्खामा खेरा जाने पानी घरनजिकै पोखरी बनाएर संकलन गरी सिँचाइ गर्ने गरेका छन । स्थानीय सरकारले ‘एक घर एक प्लाष्टिक पोखरी’ कार्यक्रम ल्याएपछि किसानहरूलाई राहत मिलेको छथर गाउँपालिका-६ का घनश्याम ढकालले बताए ।

‘पानीको मुहान सुक्दै जाँदा खानेपानी कै समस्या थियो । तर, स्थानीय सरकारले अनुदानमा प्लाष्टिक पोखरी दिएपछि सिँचाइ गर्न ठुलो राहत मिलेको छ’, उनले भने, ‘हामीलाई खानेपानी नै समस्या थियो । तरकारीमा सिँचाइ गर्न त झन परैको कुरा, तरकारी किनेरै खानु पर्थ्यो तर, हामी अहिले तरकारी बेच्न थालेका छौ ।’

ढकालजस्तै कृष्णकुमारी पौडेलले प्लाष्टिक पोखरीमा पानी जोहो गरी तरकारीमा सिँचाइ गर्दै आएकी छिन् । करेसाबासीमा अकबरे, आलु, प्याज, लसुनलगायतका तरकारी खेती गर्दै आएकी छिन् ।

पानीकै अभावका कारण सिँचाइ गर्न नसक्दा तरकारी किनेर खाने यहाँका किसानहरू अहिले तरकारी बिक्रीबाटै मनग्य आम्दानी लिन थालेका छन् ।
पानी पर्दा घरको छतबाट झर्ने पानी पाइपबाट पोखरीमा संकलन गर्ने गरेका छन् ।

वर्षायाममा परेको पानी पोखरीमा संकलन गरी सुख्खायाममा तरकारी, फलफूल खेती तथा अन्यबालीमा सिँचाइ गर्ने गरेको छथर–६ का होमकुमारी मगरले बताइन् । सुख्खाग्रस्त क्षेत्रका किसानहरूलाई लक्षित गरी ‘एक घर एक प्लाष्टिक पोखरी’ कार्यक्रम ल्याइएको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए ।

गाउँपालिकाले कृषकको साझेदारीमा पोखरी अनुदानमा प्रदान गर्दै आएको कृषि शाखा प्रमुख छथर हिमबहादुर थापाले बताए । आङदिम, हमरजुङ, पञ्चकन्या, फाक्चामारा, ओख्रे र सुदाप लगायतका गाउँहरूमा पोखरी बनाइ किसानले सिँचाइ गर्दै आएका छन् ।न्युज कारखाना

वि.सं.२०७८ कात्तिक १० बुधवार १५:५८ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...