back
NMB ad

डेल्टाभन्दा खतरनाक भेरियन्टविरुद्ध केही दिनमै नयाँ खोप बनाउने खोप निर्माता कम्पनीको दाबी

Kumari bank ad

काठमाडौं । कोभिडविरुद्धको खोप उत्पादक कम्पनी फाइजरका प्रमुख कार्यकारी अल्बर्ट बोर्लाले गत जुनमा साहसिक प्रतिबद्ता जाहेर गरेका थिए। बेलायतको सेन्ट इभ्समा जी-७ समिट बैठक सुरु हुनुभन्दा अगाडि आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँगै उभिएका बोर्लाले आवश्यक परेमा नयाँ कोभिड-१९ भ्याक्सिन निर्माण गर्न सक्षम रहेको बताएका थिए। आफ्नो कम्पनीले एक सय दिनभित्र नयाँ भ्याक्सिन बनाउन सक्ने उनको दाबी थियो।

उनले बारम्बार भनेको ‘आवश्यक परेमा’ भन्ने शब्दावलीले ‘एस्केप भेरियन्ट’को सम्भावित उत्पत्तिलाई लक्षित गरेको थियो, जुन सार्स-कोभ-२ को एक प्रभावशाली ‘स्ट्रेन’ हो। यसले खोप र अघिल्लो संक्रमणमार्फत् स्थापित नयाँ प्रतिरोधात्मक क्षमतालाई जित्न सक्छ। अहिलेसम्म त्यस्तो ‘स्ट्रेन’ पहिचान नभए पनि फाइजर तथा कोभिड-१९ खोप-निर्माता अन्य कम्पनी सम्भावित जोखिमयुक्त अवस्थाबारे तत्परतासाथ लागिपरेका छन्।

‘निर्धारित समयमा भाइरल स्ट्रेनविरुद्ध अद्यावधिक गरिएको खोप डिजाइन र परीक्षणलाई पर्याप्त र चुस्त बनाउन के आवश्यक हुन्छरु’ विश्वचर्चित नेचर जर्नलले कोभिडको खोप निर्माता फाइजर, मोडेर्ना र अस्ट्राजेनिकालाई तयारीबारे सोधेको थियो।

पछिल्ला केही महिनायता तीनवटै कम्पनीले सार्स-कोभ-२ को नयाँ भेरियन्टविरुद् कसरी खोप बनाउने भन्नेबारे अभ्यास गरिरहेका छन्। क्लिनिकल स्टडिजमा परीक्षण, आन्तरिक कामको चाप र नियामकहरूसँगको समन्वय जस्ता पक्ष ख्याल गर्दै बिटा, डेल्टालगायत नयाँ भेरियन्टसँग जुध्न सक्ने गरी खोपको अपडेट गर्न तिनीहरू संलग्न भएर काम गरिरहेका छन्। यो वार्मअप ट्रायलबाट सिक्दै सकेसम्म छिटो खोप निर्माण प्रक्रियामा निखार ल्याउनु उनीहरूको लक्ष्य हो। यसो गरेमा यदि वास्तविक ‘स्केप भेरियन्ट’ देखिहालेमा पनि चाँडै नियन्त्रणतर्फ अगाडि पाइला चाल्न सकिन्छ।

‘कुनै बिन्दुमा अपरिहार्य रूपमा हामी कोभिड भेरियन्टको भ्याक्सिन बनाउन गइरहेका छौं, आममानिसमा प्रतिरोधात्मक क्षमता बढाउन खोप उचित उपाय हो। तर, अहिले नै हामी भाइस नयाँ स्वरूपबारे विश्वस्त भएर आकलन गर्न सक्दैनौं,’ रकफेलर युनिभर्सिटी, न्युयोर्क सिटीका भाइरोलोजिस्ट पाउल बिनियाज भन्छन्, ‘अहिले चाहिँ विद्यमान भेरियन्टमै केन्द्रित रहेर अभ्यास गर्नु उचित दृष्टिकोण मान्न सकिन्छ।’

कोभिड-१९ खोपको पहिलो जेनेरेसनले कम्तीमा गम्भीर रोग र अस्पताल भर्ना रोक्न डेल्टा र अन्य ज्ञात भेरियन्टविरुद्ध काम गरिरहेको देखिन्छ। फाइजर, मोडेर्ना र अस्ट्राजेनिकाको दाबीअनुसार चीनको वुहान प्रान्तमा पहिलोचोटि देखिएको सार्स-कोभ-२ स्ट्रेनमा आधारित भएर निर्माण गरिएको ती भ्याक्सिनले अहिलेसम्म सबै खालका भेरियन्टबाट जोगाउन भरमग्दुर काम गरेका छन्।

‘त्यहाँ वास्तवमा अहिलेको समयमा नयाँ खोप बनाउन आवश्यक छैन, जुन अझै प्रभावकारी रहेका छन् किनकि पुराना खोपले डेल्टा भेरियन्टविरुद्ध निक्कै प्रभावकारी ढंगले काम गर्छ,’ नासभिल्ले टेनेसीस्थित भेन्डरबिल्ट मेडिकल सेन्टरअन्तर्गत भेन्डरबिल्ट भ्याक्सिन रिसर्च प्रोग्रामका साइन्टिफिक डाइरेक्टर क्याथरिन एडवार्डस् भन्छिन्।

यदि ‘इस्केप भेरियन्ट’को उत्पत्ति भयो भने फाइजर र मोडेर्नाजस्ता आरएनए भ्याक्सिन निर्माताहरूले केही दिनमै प्रारम्भिक प्रोटोटाइप जाबको डिजाइन र संयोजन गर्न सक्छन्।
अस्ट्राजेनिका जस्तो भाइरल भेक्टर खोपले यसलाई नजिकबाट पछ्याउन सक्छ। आरएनए खोप बनाउन सामान्यतः नयाँ आनुवंशिक अनुक्रम उत्पन्न गर्ने र यसलाई लिपिडजस्ता फ्याटी वस्तुमा समेट्नुपर्छ। मुख्य आनुवंशिक अनुक्रमलाई हानिरहित भाइरसमा मिलाएर भाइरल भेक्टर भ्याक्सिन उत्पादन गरिन्छ। यसका लागि बायोरियाक्टरमा भाइरसको ठूलो परिमाण सम्वर्द्धन गरी तिनीहरूलाई शुद्धतासाथ उत्पादन गर्न सकिन्छ।

तर, यो कार्य गर्नुभन्दा पहिले यो मानिसमा परीक्षण गर्न सकिन्छ र यसले समय लिन्छ। तसर्थ, फर्मा कम्पनीले अहिले सुक्खा दौड गरिरहेका छन्। जर्मनीको मेन्जमा मुख्यालय रहेको फाइजरले आफ्नो साझेदार बायोएनटेक बेटालक्षित आरएनए खोप क्लिनिकल ट्रायलसहित नौ सय ३० जना सहभागीमा परीक्षण गरेको थियो। अगस्टमा यी कम्पनीले डेल्टा र अल्फा भेरियन्टलक्षित मल्टिभ्यालेन्ट भ्याक्सिनको ‘ट्रायल’ सुरु गरेका थिए।

(साइन्टिफिक अमेरिकनलगायत एजेन्सीहरूको सहयोगमा तयार पारेको सामग्री)

वि.सं.२०७८ कात्तिक १० बुधवार १५:४१ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...