काठमाडौं । साताको चौथो कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को ३ करोड बढीको सेयर कारोबार भएको छ ।
उक्त दिन कम्पनीको ३ करोड ६ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको ८६ हजार २३२ कित्ता सेयर किनबेच भएको हो ।
आज कम्पनीको सेयर मूल्यमा भने झिनो गिरावट आएको छ । उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता शून्य दशमलव ५६ प्रतिशत अर्थात २ रुपैयाँले घटेको हो ।
योसंगै कम्पनीको सेयर मूल्य आज ३ सय ५३ रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७८ कात्तिक १० बुधवार १६:२० मा प्रकाशित