back
NMB ad

मिठाइजन्य खाद्यबस्तुमा अनुचित व्यापार, म्याद नाघेका सामाग्रीको प्रयोग बढ्दो

Kumari bank ad

काठमाडौं । काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिले मिठाइजन्य खाद्यबस्तुमा अनुचित व्यापार गरेका केहीलाई आर्थिक जरिवाना गराएको छ भने केहीलाई सुधार गर्ने समय दिएको छ ।

आज बत्तीसपुतलीमा सञ्चालित रामेश्वर मिठाइपसललाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

हिजो महाराजगञ्जस्थित प्रिया स्वीट एण्ड चाट हाउसलाई २० हजार रुपैयाँ र ताज वेकरीलाई २० हजार रुपैयाँ जरिवाना गरिएको थियो ।

रामेश्वर मिठाइ पसलमा मिठाइ बनाउन बसालिएका ३ वटामध्ये २ वटा कराईको तेल मिठाइ बनाउन अयोग्य थियो । टीवीएम उपकरणको प्रयोग गरेर तेलको गुणस्तर जाँच गरिएको थियो ।

सञ्चालक भने फाल्न तेल फाल्न राखिएको दावी गरिरहेका थिए । तर कराई चुलामा तातिरहेको अवस्थामा थियो ।

मिठाइ बनाउन प्रयोग गरिने रङ् र मसलाको म्याद सकिएको थियो । फ्रिजमा राखिएका करीव १ दर्जन बोतल कोल्ड ड्रिङ्सको म्याद सकिएको थियो ।

हिजो कारवाही गरिएको ताज वेकरीले व्यवसाय सञ्चालनका लागि लिनु पर्ने कुनै पनि दर्ता प्रमाण पत्र देखाउन सकेन । बेकरीको डिफ्रिजमा म्याद सकिएका कुल्फी र आइसक्रिम थिए ।

त्यहाँबाट ६९ वटा आइसक्रिम र १ प्याकेट कुल्फी जफत गरियो । महाराजगञ्ज चोकैमा रहेको प्रिया स्वीटको भान्छा अँध्यारो र फोहोर थियो ।

म्याद सकिएका रङ् र मसलाको प्रयोग भइरहेको थियो । त्यहाँबाट भुजिया, सनपाप्रीलगायत म्याद गुज्रिएका खाद्यबस्तु जफल गरिएको थियो ।

मिठाइ बनाउँदा प्रयोग हुने सामाग्रीको प्रयोगमा लापर्वाही गर्नेलाई आर्थिक जरिवाना गराएका छौँ भने सरसफाइमा सुधार गर्नुपर्नेलाई समय दिएका छौँ । निरीक्षण अधिकृत हरिबहादुर भण्डारी भन्नुहुन्छ, ‘व्यापारीहरुले मिठाइजन्य खाद्य उत्पादनमा व्यवसायिक धर्मको पालना गर्नु पर्ने, सामाजिक दायित्व निर्वाह पर्ने देखिएको छ । कारवाही त समस्याको समाधान होइन तर अनुचित काम गर्नेलाई छोड्न सकिँदैन ।’

तिहारमा धेरै मिठाइ खपत हुने भएकोले म्याद गुज्रिएका सामानको प्रयोग भएको विगत बर्षहरुको अभ्यास देखाउँछ । यो बर्ष पनि यस्तै देखियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक कौशल ओझाका अनुसार यो समयमा म्याद सकिएका सामानहरु मिसाएर प्रयोग गर्ने खतरा छ । म्याद सकिन लागेका सामान अफर र सस्तो मूल्यमा विक्री गर्ने गरेको पाइन्छ ।

मिठाइ पसलमा देखिएको अवस्था उपभोक्ताको स्वास्थ्यका कोणबाट जोखिमपूर्ण देखिन्छ । म्याद ग्ज्रिएका सामान विक्री गर्नु उचित मूल्यमा उचित सामान प्राप्त गर्न पाउने उपभोक्ताको अधिकारमाथि सरासर खेलबाड भएको छ ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना भन्नुहुन्छ, सरकारले यसबेला आफूलाई सशक्त बनाउन सकेन भने अखाद्य बस्तु प्रयोग गरेका कारण भोलि ठूलो स्वास्थ्य संकट आउन सक्छ । मूल्य तिरेर जोखिम किन्नु नपरोस् भन्ने कुरामा सबै एक ठाउँ हुनुपर्छ ।

आजै अनुगमनका क्रममा गौशाला चोकस्थित अन्नपूर्ण मिठाइ भण्डारमा प्रयोगका लागि राखिएका चामलमा उपभोग्य अवधि मेटिएको थियो भने म्याद सकिएका बेसनका बोराहरु थिए ।

मिठाइ बनाउन प्रयोग हुने केही रङ्ग, मसला र कोल्ड डिङ्सको म्याद सकिएको थियो । भण्डार सञ्चालकले चामल खरिद विल देखाउन सकेनन् ।

त्यसपछि अनुगमन टोली उनले चामल खरिद गरेको बत्तीसपुतलीस्थित बालाजी टे«डर्समा पुगेर चामलको म्याद जाँच गरेको थियो ।

त्यहाँ भएका बोरामा पनि उत्पादन र उपभोग्य मिति नदेखिएपछि आयातकर्ताले दिएको विलविजकसहित कार्यालयमा उपस्थित हुने गरी छोडिएको छ । महालक्ष्मी अङ्गुरी जिरा चामल जय मातादीले आयात तथा बजार व्यवस्थापन गरेको छ ।

वि.सं.२०७८ कात्तिक १० बुधवार १७:२५ मा प्रकाशित

You can share this post!

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०३

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:२५

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्...

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:१६

काठमाडौँ, ३ जेठ : राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे...

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:५५

अजयकुमार साह  धनुषा, ३ जेठ : तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी...