काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले साधारण सभा तथा बुक क्लोज मिति तय गरेको छ ।
कम्पनीको बुधवार बसेको संचालक समितिको बैठकले अगामी मसिंर ५ गते सभाका लागि मिति तय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७७/७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५.४१ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पेश गर्नेछ ।
साथै संचालकहरुको (संस्थापक समूहबाट चार जना र सर्वसाधारण सेयरधनीको दुई जना) निर्वाचन गर्ने छ । कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि कात्तिक २३ गते एक दिन बुक क्लोज गर्ने छ ।
वि.सं.२०७८ कात्तिक १० बुधवार १७:१३ मा प्रकाशित