back
Mega Long Ad

१९३ प्रतिशतले बढ्यो मिर्मिरे लघुवित्तको नाफा, कस्ता छन् अन्य सूचक ? (विवरणसहित)

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले उक्त अवधिमा ६ करोड ३७ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन गत वर्षको सोही अवधिको तुलनामा १९३.३२ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तसम्म कम्पनीले २ करोड १७ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १३ करोड ३३ लाख ५८ हजार रुपैयाँ रहेको छ । कम्पनीको खुद ब्याज आम्दानी ११५.७१ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको सोही अवधिमा कम्पनी ६ करोड १८ लाख २२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी ४३ करोड ५० लाख ७१ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा ४१ करोड १७ लाख ८७ हजार रुपैयाँ राखेको छ ।

वित्तीय विवरण अुनसार कम्पनीको खराब कर्जा २ प्रतिशत देखिएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा खराब कर्जा घटाएको छ । गत वर्षको असोज मसान्तसम्म कम्पनीको खराब कर्जा २.७२ प्रतिशत रहेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ५८.६२ र प्रतिसेयर नेटवर्थ १९४.६५ रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ कात्तिक ११ बिहीवार ११:३१ मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...